• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दाइजोले पोलेको हास्रुनको कथा

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  ०१:३६
1140x725

नेपालगन्ज– दाइजो कम ल्याएको निहुँमा आफ्नै श्रीमान् र परिवारका सदस्यबाट जीउँदै जलाइएकी थिएन् नेपालगन्जकी २२ वर्षीया हास्रुन इद्रिसी। विवाह भएकाे ३ वर्षपछि र‌ंगीन टेलिभिजन र ५० हजार रुपैयाँ दाइजाे नल्याएकाे भन्दै जलाइएकाे थियाे हास्रुनलाई।

_x000D_ _x000D_

२०६४ साल कात्तिक २० गते हास्रुनलाई श्रीमान्, सासु र नन्दले मट्टितेल खन्याएर अागाे लगाए। अाधा शरीर जलेकी हास्रुनको उपचारका लागि  छिमेकी र आफन्तहले हारगुहार गरे।  

_x000D_ _x000D_

मृत्युसँग जुधिरहेकी हास्रुनलाई नेपालगन्जको भेरी अञ्चल अस्पतालमा भर्ना गरियो। नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाडौं लगियो। घरेलु हिंसाको सिकार भएकी हास्रुनलाई उपचार र राहतमा धेरैले सघाए।

_x000D_ _x000D_

करिब ६ महिनाको उपचारपछि उनी आंशिक रुपमा निको भएर  नेपालगञ्ज फर्किन्। तर अशक्त र एउटा कुरुप जिन्दगी लिएर। 

_x000D_ _x000D_

२ वटा नाबालक छोरासहित उनी माइतीमा बसिन्।  सहयोगी संस्थाहरुले माइतीमैं एउटा सानो पसल खोलिदिए। दुःख र कष्टका साथ उनका दिनहरु बित्दै गए। उनलाई निःशुल्क सिलाइकटाइ तालिम पनि दिइयो। जीविकोपार्जनका लागि केही सहयोग पनि पाइन्। तर, विस्तारै उनी बेसहारा बन्दै गइन्। संघसंस्थाले पनि कति सहयोग गरुन्। सधैं माइतीको सहारामा बस्न उनलाई मन लागेन। तर उनीसँग अर्काे कुनै विकल्प पनि त थिएन। 

_x000D_ _x000D_

हास्रुनलाई जलाएको अभियोगमा उनका श्रीमान् बसिम इद्रिसी जेलमा थिए।

_x000D_ _x000D_

बाँके जिल्ला अदालतले श्रीमान् बसिमलाई ७ वर्ष र सासु रुक्सनालाई ५ वर्ष जेल सजाय गरेको थियो।

_x000D_ _x000D_

जेल परेपछि बसिमले आफूबाट ठूलो गल्ती भएको महसुस गरे। जेलमा राम्रो व्यवहार देखाए। उनको आधा कैद मिनाह भयो। साढे तीन वर्षमै उनी छुटे। जेलबाट छुट्नासाथ बसिम श्रीमती हास्रुन र छोराछोरीलाई भेट्न  ससुराली गए। आफूबाट गल्ती भएको स्वीकार्दै माफी मागे। र, सँगै बस्ने प्रस्ताव गरे। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

३३ वर्षीया हास्रुन भन्छिन्, ‘हातमुख जोर्नसमेत मुस्किल थियो, त्यस्तो बेला विगत बिर्सौं, सँगै बसाैं भनेर उनी (श्रीमान्) आए। मैले नाइँ भन्न सकिनँ।

_x000D_ _x000D_

श्रीमान्को प्रस्तावलाई मैले राम्रै माने। मान्छेले गल्ती गर्छ। गल्ती गरेपछि  त्यसको सजाय पनि भोग्छ। ‘अब गल्ती गर्दिनँ, मलाई सुध्रिने मौका देऊ भनेपछि हुन्छ भनें। अहिले हामी सँगै बसेका छौं। अहिले सम्बन्ध राम्रो छ,’ उनले सुनाइन्। 

_x000D_ _x000D_

मुद्दाका पक्ष–विपक्ष भई अदालतबाट जेल सजायको फैसला भइसकेपछि धेरैका घरबार भताभुंग हुन्छन्। तर, बसिमले विगतप्रति पश्चात्ताप गरेर हास्रुन र छोराछोरी सम्हाले। हास्रुनले पनि आफूलाई जीउँदै जलाउने श्रीमान्लाई माफी दिइन्।

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

परिवारका साथ हास्रुन ।

_x000D_ _x000D_
_x000D_

नेपालगन्जमा श्रीमान्को घर र जग्गाजमिन नभएका कारण उनीहरु माइती नजिकै डेरा लिएर बस्दै आएका छन्। पारिवारिक जीवनको दोस्रो अध्याय अगाडि बढ्दै जाँदा उनीहरुको छोरा जन्मियो। उनीहरुले छोराको नाम मुस्तफा राखेका छन्। मुस्तफाको अर्थ हुन्छ, भगवानको प्रिय दूत।  मुस्तफाको आगमनसँगै उनीहरुको परिवारमा  खुसियाली थपिएको छ।  

_x000D_ _x000D_

जिन्दगी केही सहज बन्दै थियो, हास्रुनलाई फेरि अर्काे समस्या आइलाग्यो। सिलाइकटाइ गरेर परिवारको गुजारा चलाउँदै आएका श्रीमान् बसिन बिरामीले थला परे। 

_x000D_ _x000D_

अल्सर र हाडजोर्नी दुख्ने समस्याका कारण बसिन काम गर्न नसक्ने  अवस्थामा पुगे। शरीर जलाइएका कारण अशक्त बनेकी हास्रुनले नै काम गरेर श्रीमान् र बच्चालाई पाल्नुपर्ने बाध्यता आइप¥यो। आफंै काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले उनले आफ्नो थप उपचार गराउन गकिनन्। ‘दिनभरि काम नगरे साँझ चुल्हो नजल्ने अवस्थामा कसरी उपचार गराउने,’ उनले भनिन्।

_x000D_ _x000D_

अहिले गाउँकै समाजसेवी निजामुद्दिन इद्रिसीको पहलमा हास्रुनले माइतीघर नजिकैको मदरसामा सहयोगीको जागिर पाएकी छिन्। दैनिक ४ घन्टा काम गरेर मासिक ४ हजार पारिश्रमिक पाउन थालेपछि हास्रुनलाई गुजारा चलाउन केही सहज भएको छ। 

_x000D_ _x000D_

उनी मदरसाबाट छुट्टी पाएपछि घरमै सिलाइकटाइको काम गर्छिन्। त्यसबाट आउने पैसाबाट जेनतेन उनको परिवार धानिएको छ। 

_x000D_ _x000D_

आफ्ना दुःख र दर्दका कथा सुनाउँदै हास्रुन भन्छिन्, ‘गुजारा चलाउन जेजति दुःख भए पनि अहिले पहिलेजस्तो दाइजोको निहुँमा परिवारमा झगडा र मारपिट हुँदैन। मिलेरै गुजारा चलाइरहेका छौं। यसैमा हामी खुसी  छौं।

_x000D_ _x000D_

गरिबीका कारण उनका हुर्किएका छोरा छोरीहरुको पढाइलाई अगाडि बढाउन भने उनलाई हम्मे परेको छ। ११ वर्षीय छोरी सम्रिना र ९ वर्षीय छोरा समरको भविष्य कसरी सफल बनाउने भन्ने चिन्ता छ हास्रुनलाई।

_x000D_ _x000D_

हास्रुनलाई त्यो दिन सम्झँदा पनि कहाली लाग्छ। २०६४ साल कात्तिक २० गते बिहान ८ बजे उनी चामल केलाउँदै थिइन्। लोग्नेसँग सामान्य भनाभन भएपछि माइती जान खोजिन्। तर उनलाई समातेर मट्टितेल खनाइयो र सलाई कोरेर शरीरमा फालियो।

_x000D_ _x000D_

करिब ४ घण्टापछि छिमेकीले घरमा धुवाँ आएको देखेर सोधखोज गरे। उपचार गर्न लैजाने कुरामा पनि विवाद भयो। लोग्ने, सासु र नन्दको असहयोगका बाबजुद छिमेकीहरुले हास्रुनलाई अस्पताल पुर्‍याएका थिए।

_x000D_ _x000D_

२२ वर्षीया हास्रुनले एउटा रंगीन टेलिभिजन र ५० हजार दाइजो नल्याएको निहुँमा यो नियति भोग्नुपरेको थियो। विवाह भएको तीन वर्षपछि लोग्ने, सासु र नन्दको यो माग पूरा गर्न नसक्दा उनले जिउँदै जल्नु परेको थियो। 
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ०१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्