काठमाडौं– नवलपुरको कावासोतीमा एसिड आक्रमणमा परी घाइते भएकी ३० वर्षीया बसन्ती परियारलाई थप उपचारका लागि काठमाडाैं ल्याइएको छ। गत सोमबार राति कावासोती नगरपालिका–१६ हरिबासकी उनलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड आक्रमण गरेका थिए।
_x000D_
_x000D_
एसिड आक्रमणबाट महिलाको शरीरको २५ प्रतिशत भाग जलेको थियो। एसिड प्रहार गर्नका साथै बसन्तीमाथि चक्कु प्रहार पनि भएको छ। चक्कु प्रहारबाट उनको छाती र पेटमा गम्भीर चोट लागेको पीडितका श्रीमान् यमनारायण परियारले जानकारी दिए। उनको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल भर्ना गरिएको छ।
_x000D_
_x000D_
एसिड अाक्रमण र छुरा प्रहार भइरहदा बसन्तीले हारगुहार माग्दा पनि गाउँलेले कुनै प्रतिकार नगरेको गुनासो श्रीमान् यमनारायणले गरे। 'छिमेकी सहयोग गरेको भए यति ठूलाे अाक्रमण हुने थिएन।हेरिरहे मात्र', उनले भने।
_x000D_
_x000D_
तरकारीको बेर्ना लिन बजार गएका बेला बसन्तीमाथि अाक्रमण भएको थियो। यमनारायण भने घरमै थिए।
_x000D_
_x000D_
विमलले विवाह गर्न प्रस्ताव गरेपछि बसन्तीले अस्विकार गर्दा एसिड आक्रमण गरेको प्रहरीले बताएको थियो।
_x000D_
_x000D_
अाक्रमणकारी बिमल श्रीपाइलीले प्रहरीसमक्ष अात्मसमर्पण गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।