काठमाडौं– आधीआवाधी एनभिए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा भएको छ। एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्ने पक्का भएको छ। प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने बाहिरिएका छन्।
_x000D_
_x000D_
प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा चितवनले न्यू डायमण्डलाई ३–१ को सेटमा हरायो। पहिलो सेट २५–१९ ले गुमाएको न्यु डायमण्डले दोस्रो सेट भने २७–२९ ले जितेको थियो तेस्रो सेट चितवनले २५–१९ ले जितेपछि पुनः अग्रता लियो। चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै न्यू डायमण्डले २६ अंकसम्म पुर्याएको थियो। तर चितवन २८–२६ ले विजयी हुँदै समूह 'ए'को विजेता बन्न सफल भयो। न्यू डायमण्ड भने समूहको उपविजेता बन्यो।
_x000D_
_x000D_
एपिएफले पोखरा पिंकेजलाई ३–० सोझो सेटमा हरायो। पहिलो सेटमा २५–१३ को जित निकालेको एपीएफले पछिल्लो दुई सेट २५–११ र २५–१५ ले जित्यो। प्रतियोगिताको विजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।