काठमाडौं– बंगबन्धु गोल्डकपको डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा मंगलबार साँझ ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको सिल्हेट सहरको सिल्हेट ड्रिस्टिक रंशगालामा हुने समूह ‘ए’ को खेल नेपालका लागि कठिन परीक्षा हुनेछ।
_x000D_
_x000D_
नेपाललाई डिफेन्डिङ च्याम्पियनको साख जोगाउन खेल्नु पर्ने भएकाले दबाब हुनेछ। अर्कोतर्फ ताजकिस्तान नेपालभन्दा बलियो प्रतिद्वन्द्वी हो। नेपालले ताजकिस्तानविरुद्ध खेलेका दुवै खेल गुमाएको छ। गत वर्ष भएको एसियन कपको छनोटको दुवै खेलमा नेपाललाई ताजकिस्तानले हराएको थियो। नेपालमा भएको पहिलो खेलमा ताजकिस्तान २–१ ले विजयी भएको थियो। एक महिनापछि भएको दोस्रो खेलमा ताजकिस्तानले उसकै घरेलु मैदानमा नेपाललाई ३–० गोलले हरायो।
_x000D_
_x000D_
फिफा वरीयतामा नेपालभन्दा ताजकिस्तान ४० स्थान माथि छ। ताजकिस्तान १ सय २० औं स्थानमा छ भने नेपाल १ सय ६० औं स्थानमा छ।
_x000D_
_x000D_
पछिल्ला खेलको विश्लेषण गर्ने हो भने पनि ताजकिस्तान बलियो देखिएको छ। नेपालले पछिल्ला पाँच मध्ये तीन खेलमा पराजित भएको छ। दुई खेलमा भने नेपाल विजयी भएको छ। नेपाल साफ च्याम्पिनसिपमा बंगलादेश र भुटानलाई हराउँदा माल्दिभ्स र पाकिस्तानसँग हार बेहोरेको थियो। त्यसअघि नेपाललाई यमनले २–१ ले हराएको थियो।
_x000D_
_x000D_
ताजकिस्तानले पछिल्ला पाँच खेलमा बलिया प्रतिद्वन्द्वीसँग खेलेको छ। पाँच मध्ये १ खेलमा मात्र हार बेहोरेको छ भने २ खेल बराबरी खेलेको छ। ताजकिस्तान किर्गिस्तान विरुद्धको पछिल्लो खेलमा १–० ले पराजित भएको थियो। त्यसअघि उसले बंगलादेशविरुद्ध दुवै खेल जितेको थियो। पहिलो खेलमा ५–० ले विजयी भएको ताजकिस्तानले दोस्रो खेलमा १–० को जित हात पारेको थियो। त्यसअघि सिरिया र प्यालेस्टाइन विरुद्धको मैत्रीपूर्ण खेलमा ताजकिस्तानले जित हात पारेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
ताजिकस्तानविरुद्ध खेलपछि नेपालले शनिबार प्यालेस्टाइनविरुद्ध दोस्रो खेल खेल्दैछ। फिफा वरीयतामा सयौं स्थानमा रहेको प्यालेस्टाइनलाई प्रतियोगिताकै बलियो टिम मानिएको छ।
_x000D_
_x000D_
नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन्। समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै लाओस र फिलिपिन्स छन्।
_x000D_
_x000D_
दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।
_x000D_
_x000D_
नेपाली टिम
_x000D_
_x000D_
गोलकिपर- विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ
_x000D_
_x000D_
डिफेन्डर– दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल
_x000D_
_x000D_
मिडफिल्डर– हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ र निराजन खड्का
_x000D_
_x000D_
फरवार्ड- भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र सुनिल बल
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।