राजविराज– सरकारी छाप किर्ते गरी नक्कली कागजात तयार गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका– ११, गोरपार कुजराहीका एक लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
मालपोत कार्यालयको छाप घरमै राखी विभिन्न किसिमका सरकारी कागजपत्रहरु किर्ते गर्ने गरेको गोप्य सूचनाका आधारमा ३१ वर्षीय मो. सल्लम शेखलाई पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय कञ्चनरुपको टोलीले शेखलाई उनको घरबाटै पक्राउ गरेको सप्तरीका डिएसपी भोवेश रिमालले जानकारी दिए ।
_x000D_
_x000D_
घर खानतलासीका क्रममा विभिन्न व्यक्तिहरुका नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताका प्रतिलिपि, सक्कल जन्मदर्ता प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाण् पत्र, जग्गा रजिस्ट्रेसन लिखत कागज, मतदाता नामावली र फोटोसहितको परिचयपत्र, नागरिकताको अनुसूची फारम, विवाहदर्ताको प्रमाणपत्र, मृत्युदर्ताको प्रमाणपत्र, बसाइँसराइ दर्ताको प्रमाणपत्र लगायतका खाली प्याडहरु समेत बरामद भएको रिमालले बताए ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।