काठमाडौं– चितवनमा एक युवकले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन्।
_x000D_
_x000D_
चितवनको कालिका नगरपालिकाका २६ वर्षीय निश्चल तामाङले आइतबार राति फेसबुकमा लाइभपछि आत्महत्या गरेका हुन्। उनले राति साढे ९ बजेबाट लाइभ सुरु गरेर आत्महत्या घोषणा गरेका थिए। लाइभ फेसबुकका सयौं साथीले हेरे पनि उनलाई बचाउन सकेनन्।
_x000D_
_x000D_
राति साढे १ बजे निश्चलका बुवा जीवनले थाहा पाएर छोराको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो।
_x000D_
_x000D_
मृतक निश्चल लागुऔषध दुर्व्यसनी भएको पाइएको छ। उनी सुधारगृहमा समेत बसेका थिए।
_x000D_
_x000D_
निश्चलको कोठामा रक्सीको बोतल समेत फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।