काठमाडौं– संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।
_x000D_
_x000D_
सोमबार बसेको संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले जनचासोको विषयलाई तत्काल सम्बोधन गरी विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएको हो।
_x000D_
_x000D_
निजगढ विमानस्थल निर्माणको विषयमा सार्वजनिक चासो बढ्दै गएपछि संसदीय समितिले पनि यस विषयमा चासो देखाएको हो। जनचासोको विषयलाई समेत सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन्। त्यस्तै, समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गर्न पनि सरकारलाई सचेत गराएको छ।
_x000D_
_x000D_
बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन जग्गाको मुआब्जा सम्बन्धी व्यवस्था तत्काल गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सभापति रावलले जानकारी दिइन्।
_x000D_
_x000D_
समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ। पशुपतिनाथ दर्शनमा उठेका भेटी लगायतका सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइएको उनले बताइन्।
_x000D_
_x000D_
समितिले लुम्बिनी क्षेत्र विकास कोषको गुरुयोजना तत्काल निर्माण गरी कामलाई अघि बढाउनसमेत निर्देशन दिएको छ।
_x000D_
_x000D_
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनचासोको विषयलाई सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले सो विमानस्थल निर्माण गर्दा वन क्षेत्रको फडानी कम होस् भन्नेमा सरकार सचेत रहेको समेत दाबी गरे।
_x000D_
_x000D_
मन्त्री अधिकारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेरै विमानस्थल निर्माणको काम अघि बढाएको बताए।
_x000D_
_x000D_
मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको कामको अनुगमन गर्न पनि समितिलाई आग्रह गरेका छन्। उनले आफू पनि अनुगमनको क्रममा समितिका सांसदहरूसँगै जाने प्रतिबद्धता व्यक्त गरे। मन्त्री अधिकारीले आफू मातहतको राष्ट्रिय गौरवको आयोजना निर्माणको काम तोकिएको अवधिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्यहरूले राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा ढिलाइ गरिएको भन्दै मन्त्री अधिकारीको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।