• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के सबै दुखाइ बाथ रोग हुन् ?

64x64
नेपाल लाइभ सोमबार, फागुन १९, २०८१  ०७:३४
1140x725

बाथलाई आर्थराइटिस भनिन्छ । शरीरका हाडजोर्नी, नसा तथा मांसपेसी दुखेर उत्पत्ति हुने रोग नै बाथ हो । तराईतिर यसलाई गठिया भनिन्छ ।

 बाथ सयौं प्रकारका हुन्छन् । तर, कुन मानिसलाई कस्तो प्रकारको बाथ भएको हो, पहिचान गरेर उपचार गरिन्छ । हरेक बाथका आ–आफ्नै कारण हुन्छन् । यो दुखाइबाट हुने रोग भए पनि हरेक दुखाइचाहिँ बाथ नहुन सक्छ। 

किन हुन्छ बाथ ?

 बाथ जन्मेदेखि कुनै पनि उमेर समूहका लाई हुनसक्छ र यो कुनै जीवाणु या किटाणुले हुने होइन, शरीरभित्रैबाट उत्पत्ति भएर हुन्छ । बाथ किन हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । वंशाणुगत, खानपान, रहनसहनजस्ता कारणले हुने सम्भावना हुन्छ । तर, जीवाणु या कीटाणुबाट हुने सम्भावना भने अन्यन्त न्यून हुने गर्छ। 

विशेषगरी बाथलाई हामी ३ भागमा विभाजन गर्न सक्छौं । एउटा हो बालबालिकालाई हुने बाथ। एकदेखि १२ वर्षसम्मका बालबालिकालाई हुने बाथलाई ‘जुभिनाइल इडियोपेटिक आर्थराइटिस’ भनिन्छ। दोस्रो १५ देखि ४० वर्ष उमेर समूहका लागि हुने र तेस्रो ४० वर्षमाथिका लागि हुने बाथ रोग। 

अर्थात्, यो रोग महिला, पुरुष, बालबालिका, वयस्क जसलाई पनि र जुन उमेर समूहका लाई पनि हुन सक्छ । तर कुनै–कुनै बाथ, जस्तो 'र्‍युमाटाइड आर्थराइटिस’ महिलालाई बढी हुन्छ । कहिलेकाही जिनका कारणले पनि महिलालाई बढी बाथ हुने गर्छ।

 बाथ कुनै सरुवा रोग होइन । तर, आमाका कारण जन्मेको शिशुलाई कहिलेकाहीँ बाथ हुन्छ । आमालाई बाथ हुँदा गर्भको शिशुको मुटुका धमनी पनि कहिलेकाहीँ अवरुद्ध भइदिन्छ। 

वयस्क उमेर अर्थात् १५ देखि ४० वर्षसम्म हुने बाथचाहिँ कम्मर तथा मेरुदण्डको हड्डी दुखेर उत्पन्न हुन्छ । ४० वर्षमाथिको उमेर समूहमा भने घुँडा खिइएर बाथ उत्पन्न हुन्छ । र, लक्षण हेरेर कस्तो प्रकारको बाथ हो भन्न सकिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

दुखाइ बाथ हो कि होइन कसरी थाहा पाउने ?

 दुखाइ भन्नेबित्तिकै हामी बाथ नै हो भनेर सोच्छौं । तर, हरेक दुखाइ बाथ हुन्छ भन्ने होइन। 

ब्याक पेनलाई हामी दुई भागमा विभाजन गर्न सक्छौं–मेकानिकल र इन्फ्लामेटोरी । चोटपटक लाग्दा, गह्रुंगो सामान उठाउँदा कैयौं दिन ब्याक पेन हुन्छ । यस्तो दुखाइ केही दिन या केही सातामै निको हुन्छ । आराम गर्दा कम हुने र हिँडडुल या काम गर्दा पुनः दुख्ने हुन्छ । यो बाथ होइन। 

अर्को दुखाइ शरीरभित्रैबाट उत्पत्ति हुन्छ, जुन बाह्य कारणसम्बन्धित हुँदैन । ‘इन्फ्लामेट्री पेन’ भनिने यो दुखाइ शरीरभित्र मेरुदण्डको हड्डीबाट उत्पत्ति हुन्छ। 

यसको दुखाइचाहिँ बिहान उठ्दा महसुस गर्न सकिन्छ । मेरुदण्डको हड्डी तथा कमर अररो भएर निहुरिनै गाह्रो हुन्छ । खासगरी, बिहान ५ देखि १० बजेसम्मको समयमा एकदम दुख्ने हुन्छ । घाम लागेपछि र शारीरिक क्रियाकलाप बढाउँदै जाँदा कम हुँदै जान्छ। 

ब्याक पेन भनेको गर्धनदेखि कुरकुरे हड्डीसम्मको भाग समेटिन्छ । यसलाई हामी ३ भागमा विभाजन गर्न सक्छौं । माथिको भाग गर्धनको हड्डी, बीचको मेरुदण्डको हड्डी र अर्को तल्लो भागको हड्डी । यो दुखाइ पुरुषमा बढी हुन्छ भने महिलामा १ प्रतिशतमात्र हुन्छ। 

शरीरका अन्य अंगलाई पनि असर गर्छ बाथले 

बाथको सुरुवात सामान्य रुपमै हुन्छ । तर, समय बित्दै जाँदा यसले नराम्रो रुप लिन सक्छ । जस्तो, मेरुदण्डको हड्डीबाहेक घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, गोलीगाँठा दुख्ने हुन्छ । समयमै उपचार गरिएन भने यसले मेरुदण्डको हड्डीलाई बाँस आकारको बनाइदिन्छ। 

ब्याक पेनबाहेक ‘एक्स्ट्रा आर्टिकुलर मेनिफेस्टेसन’ पनि भनिन्छ । बाथ रोगले अन्य अंगमा पनि असर गर्न सक्छ । जस्तै, कहिलेकाही आँखा रातो बनाउने, आँखा धमिलो हुने, दुवै या एउटा आँखा र गर्धनको हड्डीको मुभमेन्टमै समस्या आउने हुनसक्छ । कहिलेकाही मुखको अल्सर देखा पर्न सक्छ, मुखभित्रको घाउका कारण खाना खान अप्ठेरो हुने र कहिलेकाही श्वासप्रश्वास प्रणालीमा पनि असर पुग्न सक्छ। 

सामान्यतः हामीले श्वास लिँदा फोक्सो तन्कने, खुम्चने गर्छ । तर, बाथ रोगका कारण फोक्सोको गति या तन्काइमा पनि असर गर्छ, जसले गर्दा फोक्सोको रोग उत्पन्न हुन सक्छ । यसका साथै पेटको ठूलो तथा सानो आन्द्रा, मुटु, पिसाब नलीजस्ता अंगमा पनि असर गर्न सक्छ । त्यसैले बाथ रोगलाई सामान्य रुपमा नलिई समयमै उपचार गर्नुपर्छ। 

उपचार विधि के ?

बाथ दीर्घकालीन रोग हो । तत्काल अर्थात् आजको भोलि निको हुँदैन । जति बढी चाँडो चिकित्सकको सम्पर्कमा पुग्यो, उति नै चाँडो निको हुन्छ । 
कस्तो उपचार पद्धति अपनाउने भन्दा पनि रोग बाथ हो कि होइन भनेर यकिन गर्नुपर्छ । उपचारलाई पनि हामी चार भागमा विभाजन गर्छौ । बिरामी महिला तथा पुरुष कसलाई लागेको हो, कुन उमेरको हो, यकिन गरेपछि उपचार गरिन्छ। 

उपचारको प्रक्रिया काउन्सिलिङबाट सुरु हुन्छ । रोग लाग्नुको कारण पहिचान गरिन्छ । बाथले अन्य अंगमा पनि असर गर्न सक्ने भएकाले चिकित्सकको मुख्य प्राथमिकता बिरामीको जीवन बचाउने हुन्छ। 

बाथ रोगीले कस्ता कुरामा ध्यान दिने?

बाथ रोगमा औषधिसँगै जीवनशैली परिवर्तन गर्ने, सन्तुलित आहार लिने, दैनिक शारीरिक अभ्यास गर्ने, फिजियोथेरापी, योगा, मसाजजस्ता कुराहरु पनि उपचारकै अंग हुन् । विशेषगरी अनियन्त्रित रुपमा अस्वस्थकर खानपान गर्ने, मदिरा बढी सेवन गर्ने हाइ प्रोटिन बढी खानेहरुलाई बाथ हुने जोखिम बढी हुन्छ । अहिले शहरी जनसंख्यामा बढी बाथ रोग देखिने कारण पनि यिनै हुनु । यस्तै, तौल बढी भएकाहरुलाई पनि बिस्तारै काउन्सिलिङ गरेर अघि बढिन्छ। 

र, अन्त्यमा..
बाथ दुखाइको रोग हो । लक्षण देखिएमा यसलाई सामान्य रुपमा नलिई जतिसक्दो चिकित्सकको परामर्श लिनुपर्छ । जति चाँडो रोग पहिचान हुन्छ, उति चाँडो यसको निदान हुन्छ। 

(डा गुप्ता नर्भिक इन्टरनेशनल अस्पतालका सिनियर कन्सल्ट्यान्ट र्‍युमाटोलोजिस्ट हुन्)

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
तत्कालीन प्रधान न्यायाधीशमाथिकाे महाभियोग: सर्वाेच्च अदालतमा जारी छ सुनुवाइ
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ?
सम्बन्धित सामग्री
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ पहिलो नजरमा उनी कुनै कलाकारजस्तै देखिन्छिन् । सडक किनारमा बसेर उनले ओम लेखिएको कालो धातुको भाँडा अर्थात ह्यान्डप्यान ताल मिलाएर बजाइ... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत बुधबार, भदौ ३, २०८३
तत्कालीन प्रधान न्यायाधीशमाथिकाे महाभियोग: सर्वाेच्च अदालतमा जारी छ सुनुवाइ बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
हुलाकमार्फत सर्वोच्च अदालतमा रिट! बुधबार, भदौ ३, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
फेरि पक्राउ पर्ने त्रासबीच पत्रकार किशाेर श्रेष्ठ रिट लिएर,पुगे उच्च अदालत, के गर्ला प्रहरी? मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्