काठमाडौं- सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रमिकको सम्पूर्ण तथ्यांक आजबाट अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ। गत असोज १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक रुपमा सुरुवात गरेको एकीकृत अनलाइन प्रणालीमा कामदार र वैदेशिक रोजगारीका सबैको विवरण उपलब्ध हुनेछ।
_x000D_
_x000D_
उक्त प्रणालीको औपचारिक सुरुवात सोमबार वैदेशिक रोजगार शाखा प्रमुख कृष्ण ज्ञवालीले गरे। वैदेशिक राेजगारी क्षेत्रको विकृति विसंगति रोक्न अनलाइन प्रणालीको ठूलो भूमिका हुने उनले उल्लेख गरे।
_x000D_
_x000D_
अनलाइन प्रणाली सुरुवात भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलन आजैबाट सुरुवात गरिएको छ। यसभन्दा अगाडि श्रम स्विकृति लिएर जाने नेपाली कामदारको तथ्यांक मात्र सरकारसँग थियो। अब भने फर्किएका कामदारको विवरणका साथै उनीहरुले विदेशमा सिकेको सिपबारे पनि उल्लेख गरिनेछ।
_x000D_
_x000D_
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा समाधान गर्न पनि अनलाइन प्रणाली प्रभावकारी हुने मन्त्रालयले जनाएको छ। ‘फरेन इम्प्लोयमेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (एफइआइएमएस)’ नामकरण गरिएको उक्त अनलाइनको अनौपचारिक रुपमा असोज १ गते नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले उद्घाटन गरे भए पनि पूर्णरुपमा भने आजबाट मात्र कार्यान्वयनमा आएको हो।
_x000D_
_x000D_
यो प्रणालीबाट राहदानी विभाग, श्रम विभाग, अध्यागमन विभागलगायत वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कार्यालय र नियोगबाट कम्प्युटरमा पासपोर्ट नम्बर क्लिक गर्नेबित्तिकै कामदारको सबै विवरण हेर्न मिल्नेछ।यस प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र रहनेछन्। कुनै पनि व्यक्तिको उजुरी वा गुनासो पनि अनलाइन सिस्टममा अभिलेखका रुपमा रहनेछ।
_x000D_
_x000D_
यो प्रणाली लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा हेर्न पाइनेछ। कामदारको सम्पूर्ण तथ्यांक अनलाइनबाटै हेर्न मिल्ने भएकाले म्यानपावर कम्पनीले कामदारलाई ठगी गर्न नसक्ने मन्त्रालयको दाबी छ। साथै मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेर अड्किएको छ र प्रक्रिया के भइहेको छ भन्ने जानकारी पनि लिन सकिने बताइएको छ।
_x000D_
_x000D_
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले श्रम स्वीकृतको सबै प्रक्रिया अब अनलाइनमा प्रणालीमा गएको बताए। यसका साथै अब श्रम स्वीकृति प्रदेशबाट वितरण गरिने भएकाले पनि सेवाग्राहीलाई सजिलो पर्ने बताए। श्रम स्वीकृतिकै लागि बिचौलियाको भर पर्नु पर्ने अवस्था पनि नरहने जिकिर गरे।
_x000D_
_x000D_
श्रम कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले अनलाइन प्रणाली लागू भएपछि लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे। श्रम स्वीकृतिका लागि प्रयोग गरिने उक्त सर्भर १ सेकेन्डमा १ लाख प्रयोगकर्ताले चलाउन सक्ने जानकारी दिइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।