काठमाडौं– नेपाली युवा क्रिकेट टिम लगातार दोस्रो खेलमा पराजित भएपछि एसिसी यू–१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको छ।
_x000D_
_x000D_
सोमबार समूह 'ए' को खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित भएको थियो।
_x000D_
_x000D_
बंगलादेशको साभरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङ गर्यो। नेपाल ३८.३ ओभरमा १ सय ३१ रनमै अलआउट भयो। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। मध्यक्रमका ब्याट्सम्यान रोहितले ८८ बलमा ७ चौका प्रहार गरे। यस्तै कप्तान आसिफ शेखले २० रन जोडे भने ओपनर रित गौतमले १० रन बटुले। अन्तिम क्रममा ब्याट्सम्यान रासिद खानले २५ बलमा ५ चौका र १ छक्का सहित २९ रन बटुले। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
_x000D_
_x000D_
बलिङमा अपगानिस्तानका अज्मुतुल्लाह ओमार्जाइले ४ विकेट लिए। अब्दुल रहमान र क्वाइस अहमेदले २–२ विकेट हात पारे।
_x000D_
_x000D_
१ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेटको क्षतिमा पार गर्यो। उसका लागि ओपनर तथा कप्तान रहमानुल्लाह गुरबाजले २६ रन जोडे। आरिफ खानले नटआउट २३ रन जोडे भने अज्मुतुल्लाह ओमार्जाइ पनि २३ रन नै बनाए। बलिङमा नेपालका सूर्य तामाङले ४ विकेट लिन सफल भए। रासिद खान, पवन सराफ र सागर ढकालले १–१ विकेट लिए।
_x000D_
_x000D_
समूह चरणबाट बाहिरिएको नेपालले अब अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।