• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भैंसीले दूध नदिँदा 'बोक्सी लागेको' भन्दै महिलामाथि कुटपिट, दाइजोमा साइकल नल्याउँदा तातो डाडुले डामियो

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  ०९:४६
1140x725

काठमाडौं- बलात्कारको शृंखलाबद्ध समाचार आइरहेका बेला सप्तरी र रुपन्देहीमा महिलमाथि कुटपिटका घटना सार्वजनिक भएका छन्। भैंसीले दूध नदिएको झोँकमा 'बोक्सी लागेको' भन्दै छिमेकीले कुटेपछि सप्तरीको बोदेबरसाइन नगरपालिका ८ काचनकी २५ वर्षीया रन्जुदेवी साह अस्पताल भर्ना हुनुपरेको छ।

_x000D_ _x000D_

कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेर थलिएकी साहको तीन दिनदेखि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

_x000D_ _x000D_

भैंसीले दूध नदिएपछि छिमेकी जामुन र गोकुल यादवले ‘तैंले नै टुनामुना गरिस्’ भन्दै आफूमाथि कुटपिट गरेको रन्जुको भनाइ छ। टर्च लाइट र लाठीले निर्घात कुटपिट गरेको उनले बताइन्। ‘आजको युगमा पनि ममाथि बोक्सीको आरोप लाग्यो,’ उनले आँसु झार्दै भनिन्, 'शरीरको चोट त उपचार गरे निको होला, बोक्सीको आरोप नै लगाएपछि मन नराम्ररी दुखेको छ।'

_x000D_ _x000D_

घटनाबारे उनले इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा उजुरी दिएकी छन्। 

_x000D_ _x000D_

कार्यालयका सई विनोद चौधरीले आरोप प्रमाणित भए दोषीलाई कडा कारबाही गर्ने बताए। ‘बोक्सीको आरोपमा कुटिएको हो वा अरु कारण भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

_x000D_ _x000D_

_x000D_ _x000D_

अस्पतालमा उपचाररत रन्जुदेवी साह

_x000D_ _x000D_
_x000D_

श्रीमान् र सासू-ससुराबाटै कुटपिट
_x000D_ यसैगरी, राजविराज नगरपालिका १५ मुसहर्नीयाकी १९ वर्षीया प्रेमकला ठाकुर श्रीमान् र सासू–ससुराको कुटपिटबाट घाइते भएकी छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विवाह दर्ता र नागरिकता बनाइदिन आग्रह गर्दा श्रीामान् मनोज, सासू रधियादेवी र ससुरा भुवनेश्वर ठाकुरले गत शनिबार आफूमाथि कुटपिट गरेको पीडित प्रेमकलाले बताइन्। शरीरका विभिन्न भागमा रहेका निलडाम देखाउँदै उनले भनिन्, ‘मार्ने योजना अनुसार नै ममाथि आक्रमण भएको हो, जसोतसो ज्यान चाहिँ जोगियो।’

_x000D_ _x000D_

विवाह दर्ता गरी नागरिकता बनाइदिन उनले पटकपटक आग्रह गर्दै आएकी थिइन्। शनिबार साँझ लाठी, पेटी तथा लात्तीले आक्रमण भएको उनको भनाइ छ। 

_x000D_ _x000D_

रुपनी गाउँपालिका १ रायपुर माइती भएकी प्रेमकलाको २०७४ बैसाखमा मनोजसँग विवाह भएको थियो। विवाह भएदेखि नै परिवारका सदस्यले आफूमाथि दुर्व्यवहार गर्ने गरेको उनी बताउँछिन्।

_x000D_ _x000D_

पीडकलाई कारबाहीको माग गर्दै प्रेमकलाका बुबा मोहन ठाकुरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका असई मीनबहादुर क्षेत्रीले जाहेरीका आधारमा संलग्नलाई पक्राउ गर्न प्रहरी खटिएको जानकारी दिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

रन्जुदेवी र प्रेमकला मात्र होइन सप्तरीमा पछिल्लो समय विभिन्न बहानामा महिलामाथि हुने कुटपिट, दुर्व्यवहार लगायत हिंसाका घटना बढेका छन्। 

_x000D_ _x000D_

चालु आर्थिक वर्षको दुई महिनामै २० वटाभन्दा बढी महिला हिंसाका घटना संकलन भएको इन्सेक सप्तरीले जनाएको छ। घरेलु हिंसालाई समेत जोड्दा घटनाको संख्या अझै थपिने इन्सेक सप्तरीका प्रतिनिधि मनोहर कुमार पोखरेल बताउँछन्।

_x000D_ _x000D_

इन्सेकले गत आर्थिक वर्ष संकलन गरेका १३३ वटा घटनामध्ये ८८ वटा महिलासँग सम्बन्धित थिए। जसमा दुई महिलालाई बोक्सीको आरोप लागेको थियो भने एक जनालाई छुवाछुतको आरोपमा पीडा दिइएको थियो।

_x000D_ _x000D_

यसबाहेक बालिका अपहरण एक, बालिका बलात्कार नौ, बालिका बलात्कार प्रयास आठ, महिला बलात्कार १४, बलात्कार प्रयास नौ तथा घरेलु हिंसाका ३९ वटा घटना संकलन भएको पोखरेलले बताए। घरेलु हिंसाका सानातिना घटना अत्यधिक हुने भएकाले ठूला घटना मात्रै संकलन हुने गरेको उनको भनाइ छ।

_x000D_ _x000D_

दाइजोमा साइकल नल्याउँदा तातो डाडुले डामियो
_x000D_ रुपन्देहीमा भने दाइजोमा साइकल नल्याएको भन्दै आफ्नै परिवारका सदस्यले एक महिलालाई तातो डाडुले डामेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

लुम्बिनी सांस्कृतिक नगरपालिका– ७, भैसहियाकी २३ वर्षीया अमरावती तेलीमाथि गत भदौ ३० गते उक्त घटना भएको हो। परिवारका सदस्यहरुले पीडितलाई घरभित्र थुनेर राखेकाले घटना ढिलोगरी सार्वजनिक भएको हो। घटनाको ६ दिनपछि (असोज ७ गते) आफ्ना आमाबुबासहित इलाका प्रहरी कार्यालय लुम्बिनी आएर अमरावतीले जाहेरी दिएकी थिइन्।

_x000D_ _x000D_

घटनामा संलग्न पीडितका श्रीमान् २३ वर्षीय गोविन्द तेली र ६५ वर्षीय ससुरा मेघा तेलीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ। फरार रहेकी ६० वर्षीया सासू बगौडी तेलीको भने खोजी भइरहेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। 

_x000D_ _x000D_

घरभित्र हात खुट्टा बाँधेर उनलाई तातो डाडुले डामिएको थियो। अमरावती र गोविन्दको एक वर्षअघि विवाह भएको थियो। विपन्न परिवारका उनीहरुको विवाह भएको केही समयमै परिवारमा कलह उत्पन्न भएको थियो। परिवारले विवाहपश्चात् विभिन्न यातना दिँदै आएको पीडित पक्षको भनाइ छ।

_x000D_ _x000D_

अमरावतीलाई तिघ्रा र पिँडुलामा फलामको डाडुले डामेर यातना दिइएको प्रहरी नायव उपरीक्षक ढुंगेलले बताए।

_x000D_ _x000D_

अरुसँग मोबाइलमा कुराकानी गर्ने गरेको शंकाले आफू आवेशमा आउँदा उक्त घटना भएको पीडितका श्रीमान्‌ले प्रहरीलाई बयान दिएका छन्। पक्राउ परेका ससुरा मेघाले घटनाको समयमा आफू खेतमा रहेको दाबी गरेका छन्। 

_x000D_ _x000D_

घाइते अमरावतीको भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर माइती फर्काइएको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

घटनामा संलग्नमाथि जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको डिएसपी ढुंगेलले बताए।

_x000D_ _x000D_

— सप्तरीबाट दिनेश शर्मा र रुपन्देहीबाट दीपक घिमिरे

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्