काठमाडौं- बलात्कारको शृंखलाबद्ध समाचार आइरहेका बेला सप्तरी र रुपन्देहीमा महिलमाथि कुटपिटका घटना सार्वजनिक भएका छन्। भैंसीले दूध नदिएको झोँकमा 'बोक्सी लागेको' भन्दै छिमेकीले कुटेपछि सप्तरीको बोदेबरसाइन नगरपालिका ८ काचनकी २५ वर्षीया रन्जुदेवी साह अस्पताल भर्ना हुनुपरेको छ।
_x000D_
_x000D_
कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेर थलिएकी साहको तीन दिनदेखि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
भैंसीले दूध नदिएपछि छिमेकी जामुन र गोकुल यादवले ‘तैंले नै टुनामुना गरिस्’ भन्दै आफूमाथि कुटपिट गरेको रन्जुको भनाइ छ। टर्च लाइट र लाठीले निर्घात कुटपिट गरेको उनले बताइन्। ‘आजको युगमा पनि ममाथि बोक्सीको आरोप लाग्यो,’ उनले आँसु झार्दै भनिन्, 'शरीरको चोट त उपचार गरे निको होला, बोक्सीको आरोप नै लगाएपछि मन नराम्ररी दुखेको छ।'
_x000D_
_x000D_
घटनाबारे उनले इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा उजुरी दिएकी छन्।
_x000D_
_x000D_
कार्यालयका सई विनोद चौधरीले आरोप प्रमाणित भए दोषीलाई कडा कारबाही गर्ने बताए। ‘बोक्सीको आरोपमा कुटिएको हो वा अरु कारण भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।
_x000D_
_x000D_

_x000D_
_x000D_
अस्पतालमा उपचाररत रन्जुदेवी साह
_x000D_
_x000D_
_x000D_
श्रीमान् र सासू-ससुराबाटै कुटपिट
_x000D_
यसैगरी, राजविराज नगरपालिका १५ मुसहर्नीयाकी १९ वर्षीया प्रेमकला ठाकुर श्रीमान् र सासू–ससुराको कुटपिटबाट घाइते भएकी छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
विवाह दर्ता र नागरिकता बनाइदिन आग्रह गर्दा श्रीामान् मनोज, सासू रधियादेवी र ससुरा भुवनेश्वर ठाकुरले गत शनिबार आफूमाथि कुटपिट गरेको पीडित प्रेमकलाले बताइन्। शरीरका विभिन्न भागमा रहेका निलडाम देखाउँदै उनले भनिन्, ‘मार्ने योजना अनुसार नै ममाथि आक्रमण भएको हो, जसोतसो ज्यान चाहिँ जोगियो।’
_x000D_
_x000D_
विवाह दर्ता गरी नागरिकता बनाइदिन उनले पटकपटक आग्रह गर्दै आएकी थिइन्। शनिबार साँझ लाठी, पेटी तथा लात्तीले आक्रमण भएको उनको भनाइ छ।
_x000D_
_x000D_
रुपनी गाउँपालिका १ रायपुर माइती भएकी प्रेमकलाको २०७४ बैसाखमा मनोजसँग विवाह भएको थियो। विवाह भएदेखि नै परिवारका सदस्यले आफूमाथि दुर्व्यवहार गर्ने गरेको उनी बताउँछिन्।
_x000D_
_x000D_
पीडकलाई कारबाहीको माग गर्दै प्रेमकलाका बुबा मोहन ठाकुरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका असई मीनबहादुर क्षेत्रीले जाहेरीका आधारमा संलग्नलाई पक्राउ गर्न प्रहरी खटिएको जानकारी दिए।
_x000D_
_x000D_
रन्जुदेवी र प्रेमकला मात्र होइन सप्तरीमा पछिल्लो समय विभिन्न बहानामा महिलामाथि हुने कुटपिट, दुर्व्यवहार लगायत हिंसाका घटना बढेका छन्।
_x000D_
_x000D_
चालु आर्थिक वर्षको दुई महिनामै २० वटाभन्दा बढी महिला हिंसाका घटना संकलन भएको इन्सेक सप्तरीले जनाएको छ। घरेलु हिंसालाई समेत जोड्दा घटनाको संख्या अझै थपिने इन्सेक सप्तरीका प्रतिनिधि मनोहर कुमार पोखरेल बताउँछन्।
_x000D_
_x000D_
इन्सेकले गत आर्थिक वर्ष संकलन गरेका १३३ वटा घटनामध्ये ८८ वटा महिलासँग सम्बन्धित थिए। जसमा दुई महिलालाई बोक्सीको आरोप लागेको थियो भने एक जनालाई छुवाछुतको आरोपमा पीडा दिइएको थियो।
_x000D_
_x000D_
यसबाहेक बालिका अपहरण एक, बालिका बलात्कार नौ, बालिका बलात्कार प्रयास आठ, महिला बलात्कार १४, बलात्कार प्रयास नौ तथा घरेलु हिंसाका ३९ वटा घटना संकलन भएको पोखरेलले बताए। घरेलु हिंसाका सानातिना घटना अत्यधिक हुने भएकाले ठूला घटना मात्रै संकलन हुने गरेको उनको भनाइ छ।
_x000D_
_x000D_
दाइजोमा साइकल नल्याउँदा तातो डाडुले डामियो
_x000D_
रुपन्देहीमा भने दाइजोमा साइकल नल्याएको भन्दै आफ्नै परिवारका सदस्यले एक महिलालाई तातो डाडुले डामेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
लुम्बिनी सांस्कृतिक नगरपालिका– ७, भैसहियाकी २३ वर्षीया अमरावती तेलीमाथि गत भदौ ३० गते उक्त घटना भएको हो। परिवारका सदस्यहरुले पीडितलाई घरभित्र थुनेर राखेकाले घटना ढिलोगरी सार्वजनिक भएको हो। घटनाको ६ दिनपछि (असोज ७ गते) आफ्ना आमाबुबासहित इलाका प्रहरी कार्यालय लुम्बिनी आएर अमरावतीले जाहेरी दिएकी थिइन्।
_x000D_
_x000D_
घटनामा संलग्न पीडितका श्रीमान् २३ वर्षीय गोविन्द तेली र ६५ वर्षीय ससुरा मेघा तेलीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ। फरार रहेकी ६० वर्षीया सासू बगौडी तेलीको भने खोजी भइरहेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
_x000D_
_x000D_
घरभित्र हात खुट्टा बाँधेर उनलाई तातो डाडुले डामिएको थियो। अमरावती र गोविन्दको एक वर्षअघि विवाह भएको थियो। विपन्न परिवारका उनीहरुको विवाह भएको केही समयमै परिवारमा कलह उत्पन्न भएको थियो। परिवारले विवाहपश्चात् विभिन्न यातना दिँदै आएको पीडित पक्षको भनाइ छ।
_x000D_
_x000D_
अमरावतीलाई तिघ्रा र पिँडुलामा फलामको डाडुले डामेर यातना दिइएको प्रहरी नायव उपरीक्षक ढुंगेलले बताए।
_x000D_
_x000D_
अरुसँग मोबाइलमा कुराकानी गर्ने गरेको शंकाले आफू आवेशमा आउँदा उक्त घटना भएको पीडितका श्रीमान्ले प्रहरीलाई बयान दिएका छन्। पक्राउ परेका ससुरा मेघाले घटनाको समयमा आफू खेतमा रहेको दाबी गरेका छन्।
_x000D_
_x000D_
घाइते अमरावतीको भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर माइती फर्काइएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
घटनामा संलग्नमाथि जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको डिएसपी ढुंगेलले बताए।
_x000D_
_x000D_
— सप्तरीबाट दिनेश शर्मा र रुपन्देहीबाट दीपक घिमिरे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।