काठमाडौं- काठमाडौं प्रहरी अवार्ड खारेज गरिएको छ।
_x000D_
_x000D_
उत्कृष्ट काम गर्ने प्रहरीहरु छनोट गरी हरेक महिना अवार्ड वितरण हुँदै आएको थियो। प्रहरी नियमावलीमा कुनै पनि संघसंस्थाबाट प्रदान गर्ने पुरस्कार लिन नपाइने उल्लेख भएकोमा अवार्ड यसअघि विवादित बन्दै आएको थियो। नियमावलीअनुसार अवार्ड खारेज गर्ने निर्णय गरिएको काठमाडौंका एसएसपी वसन्त लामाले बताए।
_x000D_
_x000D_
उक्त अवार्डको प्रायोजक नेपाल-बंगलादेश बैंक रहेको थियो।
_x000D_
_x000D_
ललितपुरमा पनि अवार्डको कार्यक्रम बन्द गर्नेबारे छलफल भइरहेको ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।
_x000D_
_x000D_
विश्वराज पोखरेलको काठमाडौं प्रमुख भएको बेला अवार्डको सुरुवात गरिएको थियो।
_x000D_
_x000D_
काठमाडौं प्रहरी अवार्ड गत वैशाख महिनाबाट सुरु गरिएको थियो। हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी जवानलाई १० हजार, हवल्दारलाई १५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी नायव निरीक्षकलाई २५ हजार, इन्सपेक्टरलाई ३५ हजार र डिएसपीलाई ५० हजार रुपैयाँ प्रदान गरिँदै आएको थियो। पुरस्कारका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।