काठमाडौं– नेपाल प्रहरीले कार्यालय सहयोगी, खेलाडीदेखि अधिकृत (प्रहरी निरीक्षक) सम्मको दरखास्त आह्वान गरेको छ। सोमबार सार्वजनिक विज्ञापनमा प्रहरी निरीक्षकमा १ सय ८ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय २४, जवानमा ६ हजार २ सय ४४ र कार्यालय सहयोगीमा ४ सय जना माग गरिएको छ।
_x000D_
_x000D_
विज्ञापनमा कार्यालय सहयोगीभित्र हजाम, भान्छे, सिलाइबुनाइ, कुचीकार, खेलाडी छन्। खुल्ला र समावेशीमा ३० जना खेलाडीको माग गरिएको छ। जसमा फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कराँते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन विधाका खेलाडी माग गरिएको छ।
_x000D_
_x000D_
प्रहरीले माग गरेको खेलाडीका लागि चाहिने आवश्यक न्यूनतम योग्यता पनि तोकेको छ। जसमा कार्यालय सहयोगीका लागि चाहिने योग्यता भने अन्तर्राष्ट्रिय पदक विजेतासम्म हुनुपर्नेछ।
_x000D_
_x000D_
कार्यालय सहयोगी सरहको खेलाडीमा दरखास्त भर्नका लागि राष्ट्रिय खेलकुद परिषद् वा परिषद्बाट मान्यता प्राप्त संघको राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ। दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको हुनुपर्ने समेत भनिएको छ।
_x000D_
_x000D_

_x000D_
त्यसैगरी युथ १६, १८, १९ प्रतियोगिताहरुमा सहभागी भई पदक प्राप्त गरेको वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेको प्रमाणपत्र पेस गर्नुपर्ने भनिएको छ।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय पदक प्राप्त नगरेका खेलाडी अब प्रहरीको कार्यालय सहयोगी सरहको योग्यतामा फाराम भर्नसमेत अयोग्य हुनेछन्।
_x000D_
_x000D_
थप बुझ्नका लागि यहाँ क्लिक गर्नुस्- ७ हजार ३ सय प्रहरीका लागि खुल्यो आवेदन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।