धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ परेका छन्।
_x000D_
_x000D_
घोडाघोडी नगरपालिका १ कि १४ वर्षिया बालिका बलात्कारको अभियोगमा प्रहरीले कञ्चनपुरको त्रिभुवनबस्ती नगरपालिका ७ का १८ वर्षिय किरण विकलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
घरमा कोही नभएको अवस्थामा बालिका बलात्कारमा परेको अभिभावकले बताएका छन्। बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ।
_x000D_
_x000D_
पक्राउ परेका विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।