काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना भएको छ।
बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस शंकरापुरस्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बस चाबहिलस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेर नगरकोट पिकनिकबाट फर्केदैं थियो।
अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।
बसमा अन्दाजी ४०/५० जना सवार भएको बताइए पनि यकिन हुन बाँकी नै रहेको एसपी बोहोराले बताए । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको हुनसक्ने आशंका छ ।
घुम्तीमा नमोडीकन बस सोझै कान्लाबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।