जुम्ला – जुम्लामा वनमा लागेको आगो (डढेलो) निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । जिल्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो ।
आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । स्याउ बगैंचा भित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो । आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो ।
आगो अझैपनि नियन्त्रणमा आइसकेको छैन । गाउँपालिका अध्यक्षले आगो नियन्त्रणको लागि सुरक्षा निकायसंग समन्वय भइरहेको बताए । भद्रको शव पोष्टमाटम गर्न अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ । आगो नियन्त्रणमा आउन नसकेपछि पुर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावल र जिल्लाबाट नेपाल प्रहरी,शसस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ पुगिसकेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।