काठमाडाैं- वाइड बडी विमान खरिद गर्दा अपनाएको प्रकृया प्रचलित कानुन बमाेजिम नै भएकाे नेपाल वायुसेवा निगमले उल्लेख गरेको छ।
_x000D_
_x000D_
निगमको आर्थिक विनियमावलीको विनियम २३६ को उपविनियम (२) मा उल्लेख गरेको प्रकृया हुबहु अनुशरण गरिएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताएका छन्। यसका साथै ग्लोबल टेन्डरको माध्यमबाट ११ वटा कम्पनीबीच प्रतिस्पर्धा गराई विमान खरीद गरिएकोले सार्वजनिक खरीद ऐन पनि अनुशरण गरेकै मान्नुपर्ने उनकाे जिकिर छ।
_x000D_
_x000D_
'जहाज खरीदमा कुनै गढबड छैन' उनले भने। वाइड बडी विमान खरीद प्रक्रिया प्रचलित ऐन कानुनबमोजिम नभएको भन्दै विवाद हुँदै अाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।