काठमाडौं- प्रेम मूल विषय बनाएर लेखिएको देवराज भन्तनाको उपन्यास ‘मोनालिसा’ आज सार्वजनिक भएको छ।
_x000D_
_x000D_
राजधानीको सर्वनाम थिएटरमा आख्यानकार राजन मुकारुङले पुस्तक विमोचन गरे।
_x000D_
_x000D_
'लेखनका क्षेत्रमा नयाँ पुस्ता जन्मिने क्रम निरन्तर हुनुपर्छ,' उनले भने, 'देवराज भन्तनालाई एक आशालाग्दो थालनीका रूपमा लिन सकिन्छ।’
_x000D_
_x000D_
मोनालिसा भन्तनाको दोस्रो उपन्यास भए पनि आख्यानको बनोट निकै आशालाग्दो भएको भन्दै उनले प्रशंसा गरे। 'विचारबिना हामी समाजलाई रूपान्तरण गर्न सक्दैनौं। विचार सहर केन्द्रित हुँदैछ भन्ने उदाहरण उपन्यासका पात्रहरू दिवाकर र पिताम्बरको भूमिकाबाट प्रस्ट हुन्छ,' उनले भने।
_x000D_
_x000D_
प्रेमको अङ्ग्रेजी पर्याय ‘लभ’ युवापुस्तामा बिस्तारै विम्ब बनेर विकास हुँदै गरेको चर्चा गर्दै मुकारुङले नेपाली समाजमा आत्मिकतालाई छोडेर पूरै दैहिक स्वरूप धारण गरिसकेको यथार्थ सुनाए। 'नेपाली फिल्ममा समावेश भएका गीत होऊन् वा दोहोरीमा घन्कने नयाँ गायक गायिकाद्वारा गाइएका लोकगीत। तिनीहरूले पनि प्रेम वा लभलाई केटाकेटीबीच हुने दैहिक सम्बन्धका रूपमा मात्रै विशिष्टीकरण गरेजस्ता देखिन्छन्,' उनले थपे, 'प्रेमको फराकिलो दायरा र जीवनको महान् आधार बिस्तारै शारीरिक भोगमा केन्द्रित भइरहेको बेलामा मोनालिसाले आत्मिक प्रेमलाई निकै सशक्त बनाएको छ।'
_x000D_
_x000D_
कवि तथा पत्रकार प्रकाश गुरागाईले समेत टिप्पणी गर्दै प्रेमाख्यान सफलताको शुभकामना दिए।
_x000D_
_x000D_
उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।