धनगढी- प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध अनिश्चितकालीन धनगढी बन्दको आह्वान गरिएको छ।
_x000D_
_x000D_
प्रदेशसभाको शुक्रबारको बैठकले स्थायी राजधानी गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरी र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध धनगढीवासी थप आन्दोलित भएका हुन्। सभामा सुझाव समितिले प्रस्ताव पेस गरेपछि नै उनीहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्।
_x000D_
_x000D_
आमहडतालका कारण बिहानैदेखि यातायात, बजार, पसल, कलकारखाना बन्द छन्। मोटरसाइकल फाट्टफुट्ट चलेका छन्।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।