काठमाडौं– विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ।
_x000D_
_x000D_
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिंह गोलेको शव बिहीबारनै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ। सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ।
_x000D_
_x000D_
रुपन्देहीका रामकुमार यादवको शव आज (शुक्रबार) राति नेपाल ल्याइँदैछ। थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
त्यस्तै, सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ। बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते सुकुवल घिसिङ र १८ गते विमल कार्कीको शव नेपाल ल्याइनेछ।
_x000D_
_x000D_
शव घरसम्म पुर्याउनका लागि सम्पूर्ण व्यवस्था बोर्डले नै गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए। उनले भने, ‘बोर्डले श्रम अवधिभित्रै मृत्यु भएका कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरसम्म पुर्याउनका लागि गाडीको व्यवस्था गर्दै आएको छ, सोही बमोजिम मृतकका शव घरसम्म पुर्याउने व्यवस्था गरेका छौ।’
_x000D_
_x000D_
मृतकमध्ये ठकुरी र गोले गैरकानूनी रुपमा ९ वर्षदेखि मलेसियामा बसोबास गर्दै आएको देखिएको जानकारी दिँदै उनले विशेष परिस्थितिका कारण मृत्युवरण गर्नुपरेकाले उनीहरुको शव सम्बन्धित स्थानमा पुर्याउन बोर्डले सहयोग गर्ने बताए।
_x000D_
_x000D_
यसैबीच, श्रम अवधिभित्रै मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायता प्राप्त गर्नसक्ने बोर्डले जनाएको छ। उनीहरुले राहतस्वरुप ७ लाख र बीमाबापत १२ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
_x000D_
_x000D_
मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु भएको थियो भने १० जना गम्भीर बिरामी परेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।