काठमाडौं– प्रतिनिधिसभाका संसदीय समितिहरुले बिना प्रतिस्पर्धा बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयलाई गम्भीर रुपमा लिँदै छानबिनको तयारी थालेका छन्।
_x000D_
_x000D_
सरकारले १ हजार २ सय मेगावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजना विवादास्पद मानिएको चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी)लाई दिने निर्णयलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि समितिहरुले छानबिन थालेका हुन्।
_x000D_
_x000D_
संसदको अर्थ, सार्वजनिक लेखा र कृषि सहकारी तथा प्रकृतिक स्रोत समितिले आयोजनाका विषयमा छानबिन गर्ने तयारी गरेका हुन्। आयोजनाको मोडालिटीका विषयमा कृषि, सहकारी तथा प्राकृतिक स्रोतले र आर्थिक अनियमितताबारे अर्थ तथा लेखा समितिले छानबिन गर्न अध्ययन सुरु गरेको बताइएको छ।
_x000D_
_x000D_
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई बोलाएर बूढीगण्डकी तथा समग्र क्षेत्रका विषयमा जानकारी लिन खोजेको थियो। तर, मन्त्री पुनले बूढीगण्डकीमा सामान्य निर्णयमात्र भएको भनेर उम्किएका थिए।
_x000D_
_x000D_
आगामी असोज १४ गते बस्ने अर्को बैठकमा यस बारेमा विस्तृत छलफल गर्ने तयारी रहेको सांसद लालकाजी गुरुङले बताए। ‘यसबारेमा हामी विधिवतरूपमा कुरा उठाउँछौं,’ उनले भने। यसैगरी, अर्थ र लेखा समितिले आयोजनासँग जोडिएको आर्थिक अनियमितताका विषयमा आवाज उठाउने तयारी गरेको छ।
_x000D_
_x000D_
सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट आयोजना सिजिजिसीलाई दिने निर्णय गरेको थियो। कम्पनीसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरी वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिइएको थियो।
_x000D_
_x000D_
चिनियाँ कम्पनी, यसका नेपाली दलाल र नेकपाका शक्तिशाली नेताको लबिङमा हचुवामा आयोजना दिने निर्णय गरिएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले व्यापक आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।