राजविराज– सिरहा नगरपालिकास्थित एक सहकारीमा पेस्तोल देखाएर रकम लुटपाट गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारतको मधुवनी जिल्ला, छतौना–२ का २७ वर्षीय किशोरकुमार शर्मा, धनुषाको विदेह नगरपालिका–१ का २० वर्षीय नरेश कुमार ठाकुर, १९ वर्षीय रविन्द्र ठाकुर, ठाडी झिझाका श्याम सुन्दर ठाकुर, कमला नगरपालिका–६ का १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ का २७ वर्षीय शत्रुधन ठाकुर र तारापट्टी गाउँपालिका–१ का २२ वर्षीय चन्द्रशेखर यादव पक्राउ परेका छन्।
_x000D_
_x000D_
सिरहा नगरपालिका–२२ स्थित सृजना सामुदायिक सहकारी संस्थाका कर्मचारीलाई पेस्तोल देखाएर उनीहरुले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ। उनीहरुले करिब ४ लाख रुपैयाँ नगद र मोटरसाइकल लुटेको एसपी जीवन श्रेष्ठले बताए।
_x000D_
_x000D_
सिरहाकै अर्नामा गाउँपालिकाबाट किस्ता उठाएर फर्किँदै गरेका सहकारीका फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लालकुमार सिंहलाई पेस्तोल देखाएर उनीहरुले लुटपाट गरेका थिए।
_x000D_
_x000D_
गत भदौ २८ गते घटना घटाएर फरार भएका ७ जनालाई धनुषा प्रहरीको समन्वयमा धनुषाकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
_x000D_
_x000D_
पक्राउ परेकाहरुको साथबाट ‘मेड इन युएसए ७१०’ पेस्तोल, त्यसको म्यागजिन, इटालियन पेस्तोल, १३ राउन्ड गोली, सामसुङ मोबाइल तथा ६ हजार नगद र ५ थान सिम पनि बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, २ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको एसपी श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।