काठमाडौं– मादक पदार्थ सेवन (मापसे) को कारबाहीमा अहिलेसम्म २ लाख ७६ हजारभन्दा बढी सवारी चालक परेका छन्।
_x000D_
_x000D_
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार मापसेको कारबाही सुरु गरेको २०६८ मंसिर १७ गतेदेखि अहिलेसम्म २ लाख ७६ हजार १ सय ३३ जना चालक कारबाहीमा परेका हुन्। चालू आर्थिक वर्षमा मात्रै ३ हजार १ सय ७६ जना चालक मापसेको कारबाहीमा परे। जसमा १२ जना महिला छन् भने बाँकी सबै पुरुष छन्।
_x000D_
_x000D_
त्यस्तै गत आर्थिक वर्षमा ३२ हजार २ सय ९२ चालक मापसे कारबाहीमा परेका थिए। कारबाहीमा परेका मध्ये ५८ जना चालकलाई केही समयसम्म गाडी चलाउन नपाउने भन्दै ट्राफिकले निलम्बन गरेको थियो। चालु आर्थिक वर्षमा पनि ७ जना चालक निलम्बनमा परेको महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए।
_x000D_
_x000D_
त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने चालकको संख्या पनि धेरै छ। मापसेसँग लागू भएको लेन अनुशासन उल्लंघनमा अहिलेसम्म २ लाख ७६ हजार १ सय ३३ जना कारबाहीमा परेका छन्। चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै ३ हजार ५ सय ६३ जना कारबाहीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।