• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालमा कति सहयोग जुट्यो, अब कति चाहिन्छ?

३१८ व्यक्ति तथा संस्थाले गरे ५ सयदेखि ४१ करोडसम्म सहयोग
64x64
नेपाल लाइभ बिहीबार, पुस ११, २०८१  १०:४३
1140x725

काठमाडौं- वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइराला विगत केही वर्षदेखि एउटा वृहत अभियानमा जुटेका छन्। मुटु रोग उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेका डा कोइराला काठमाडौंसहित देशका सातवटै प्रदेशमा बाल अस्पताल स्थापना र सञ्चालन गर्ने अभियानमा सक्रिय छन्।

डा कोइरालाको नेतृत्वमा अगाडि बढेको बाल अस्पताल निर्माणको अगुवाइ काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले छ। किओचको अध्यक्षमा डा कोइराला आफैं छन्। 

डा कोइरालाले पहिलो चरणमा काठमाडौंमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएपछि अन्य प्रदेशमा क्रमश: अस्पताल निर्माण र सञ्चालनको काम अगाडि बढाउने तयारी गरेका थिए। सोही अनुसार काम अगाडि बढिरहेको समयमा कोशी प्रदेशमा भने काठमाडौंमा भन्दा पहिला नै अस्पताल सञ्चालनमा आइसकेको छ। 

कोशी प्रदेश अन्तर्गत दमकमा ५० शय्या क्षमताको अस्पताल सञ्चालनमा आएको डेढ वर्ष भइसकेको छ। सहयोगी हातहरुले साथ दिँदा कोशीमा अस्पताल सञ्चालन सम्भव भएको बताउँछन् डा कोइराला। उनका अनुसार सहयोगी दाताहरुको साथ र निरन्तर सहयोगले काठमाडौंमा पनि धमाधम अस्पताल निर्माणको काम अगाडि बढिरहेको छ।

कति आयो सहयोग, अब कति आवश्यक?
डा कोइराला नेतृत्वमा अगाडि बढेको अस्पताल निर्माणका लागि स्वदेशदेखि विदेशबाट सहयोग आइरहेको छ। डा कोइरालाका अनुसार अस्पताल निर्माणका लागि पाँच सय रुपैयाँदेखि ४१ करोड रुपैयाँ बराबरको सहयोग आइसकेको छ।

अस्पताल निर्माणका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनेदेखि लिएर कोशी प्रदेशमा नेपाल रेडक्रस सोसाइटीले भवनसमेत उपलब्ध गराएको छ।

किओचका प्रोजेक्ट कोअर्डिनेटर दिपेन्द्र खड्काका अनुसार दमक अस्पताल र काठमाडौंमा बनिरहेको अस्पतालका लागि कुल एक अर्ब ४१ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ। जसमध्ये सहयोग उपलब्ध गराइएको रकम र सहयोगका लागि बचन दिएकाहरुबाट एक अर्ब २० करोड ८४ लाख ८७ हजार ४५ रुपैयाँ सहयोग आउने निश्चित भएको छ।

'अस्पताल निर्माणका लागि सहयोग गर्छु भनेर बचन दिइएको १ अर्ब २० करोड ८४ लाख रुपैयाँमध्ये ६२ करोड ५४ लाख ९५ हजार रुपैयाँ प्राप्त भइसकेको छ भने अरु आउने प्रक्रियामा रहेका छन्,' उनले भने, 'अब हामीलाई थप २० करोड ५९ लाख ८ हजार ६६४ रुपैयाँ आवश्यक पर्ने देखिन्छ।' उनका अनुसार अस्पताल निर्माणका लागि हालसम्म विभिन्न व्यक्ति र संस्था गरेर ३१८ जनाले सहयोग गरेको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले अस्पतालका लागि अब आवश्यक पर्ने २० करोड ५९ लाख रुपैयाँका लागि पनि सहयोगी हातहरुको खोजी भइरहेको जानकारी दिए। 'काम अगाडि बढ्दै जाँदा सहयोगी हातहरु आफैं जोडिँदै जाने पनि हुँदो रहेछ,' उनले भने, 'केही आउने देखिएको छ भने बाँकी रकमका लागि अब हामीले थप नयाँ संस्थाहरुमा पुग्ने तयारी गरेका छौं।' 

अस्पतालका लागि सहयोग गरेका र सहयोगको प्रतिबद्धता गरेका व्यक्ति तथा संस्थाहरुको विवरण पारदर्शी  रुपमा राखिएको छ। किओचले उपलब्ध गराएको विवरण अनुसार अस्पतालका लागि न्यूनतम ५ सय रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको सहयोग प्राप्त भएको छ। केही व्यक्ति र संस्थाले नाम नै उल्लेख नगरी पनि सहयोग गरेका छन्।

यी हुन् एक करोडभन्दा बढी सहयोग गर्ने २१ व्यक्ति तथा संस्थाहरु
अस्पतालका लागि हालसम्म २१ व्यक्ति तथा संस्थाले २१ करोड भन्दा बढी सहयोग गरेका छन्। सबैभन्दा ठूलो सहयोग भने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले गरेका छन्। उनले ४१ करोडको लागतमा काठमाडौं हेपाली हाइटमा अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्ने भएका छन्। उनीपछि दोस्रो नम्बरमा वार्म नेस्ट फाउन्डेसनले ११ करोड २३ लाख ६४ हजार ५ सय रुपैयाँ सहयोग गरेको देखिन्छ। 

त्यसपछि क्रमश: डा शशी भुषण उपाध्यायले १० करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ करोड २९ लाख, केपीएएलएस अमेरिकाबाट ५ करोड ३८ लाख ६५ हजार ९४ रुपैयाँ, जेजिआई नेपाल फाउन्डेसनबाट ४ करोड, कोशी प्रादेश सरकारबाट ३ करोड, रामाकान्त अधिकारीबाट २ करोड ५० लाख, काठमाडौं महानगरपालिकाबाट २ करोड, आनी छोइङ डोल्मा फाउन्डेसनबाट १ करोड ८० लाखसहयोग आएको किओचको विवरणमा उल्लेख छ।

Xtrem

Xtrem

यसैगरी, शारदाराम भण्डारीबाट १ करोड ५० लाख, यूएनआइसिए फाउन्डेसनबाट १ करोड २५ लाख १४ हजार ४५९ रुपैयाँ, सानिमा बैंकबाट १ करोड २० लाख, गणपति बनस्पति प्रालीबाट १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ, प्राडा रमेशकान्त अधिकारीबाट १ करोड १० लाख, नेपाल बैंक लिमिटेडबाट १ करोड, राजेश मेटल क्राफ्टबाट १ करोड, सिद्धार्थ बैंकबाट १ करोड, बैंक अफ काठमाडौंबाट १ करोड, एभरेष्ट बैंकबाट १ करोडर ग्लोबल आईएमई बैंकबाट १ करोड सहयोग पाएको किओचले जनाएको छ।

पैसाभन्दा जिन्सी सहयोग प्राथमिकता
किओचले सहयोगी हातहरुसँग नगदभन्दा जिन्सी सामग्री तथा पूर्वाधार र उपकरणहरु नै सहयोगमा रुपमा बढी लिइरहेको डा कोइराला बताउँछन्। 'भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले पनि ४१ करोडको चेक नै दिन्छु भन्नु भएको थियो,' डा कोइरालाले भने, 'तर हामीले पैसा भन्दा पनि जिन्सी कुरामा नै जोड दियौं। उहाँलाई भवन नै बनाइदिनु भनेर भन्यौं। यस्तै अरुहरुसँग पनि उपकरण लगायतका सामग्रीहरु नै बढी सहयोगमा माग्यौं।'

डा कोइरालाका अनुसार अस्पतालका लागि अहिलेसम्म आइरहेको सहयोगमा झण्डै एक अर्बजति सहयोग पूर्वाधार निर्माण, उपकरण लगायतका विषयमा नै आएको छ। 'दमकमा पनि भवनसहित उपकरणहरु सहयोगका रुपमा नै ल्याएका हौं,' उनले भने।

वैशाखमा तयार हुँदै गुरुङको सहयोगमा बन्ने ४१ करोडको भवन

भाटभटेनीका सञ्चालकको सहयोगमा निर्माण भइरहेको भवन आगामी वैशाखभित्र निर्माण सम्पन्न भइसक्ने गरी काम अगाडि बढेको खड्काले जानकारी दिए। भाटभटेनीले हेलिप्याडसहितको ६ तले भवन निर्माण गरेर किओचलाई हस्तान्तरण गर्ने छ। भवनसँगै भाटभटेनीले उक्त भवनमा आवश्यक पर्ने फर्निचरदेखि उपकरणहरु समेत उपलब्ध गराउने खड्काले जानकारी दिए।

हेपाली हाइटमा अहिले भाटभटेनीले धमाधम भवन निर्माणको काम अगाडि बढाइरहेको छ। उक्त भवनसँगै थप तीन वटा भवन पनि निर्माणको काम अगाडि बढिरहेको छ। तर पहिलो चरणमा भाटभटेनीको भवन निर्माण सम्पन्न हुने र बाँकी दुईवटा भवन निर्माण सम्पन्न हुन भने केही समय लाग्ने खड्काले जानकारी दिए। 

साउनबाट काठमाडौंबाट सेवा सुरु
डा कोइरालाका अनुसार किओचले २०८२ को साउनबाट काठमाडौं हेपाली हाइटबाट बाल अस्पतालको सेवा सुरु गर्ने तयारी गरेको छ। 'मिनबहादुरजीको सहयोगमा बन्ने भवन वैशाखसम्म निर्माण सम्पन्न हुने देखिन्छ। त्यहाँ केही कामहरु सम्पन्न गरेर साउनबाट अस्पतालको सेवा साउनबाट गर्ने तयारी गरेका छौं,' उनले भने।

खड्काका अनुसार उक्त भवनमा अस्पतालका रेडियोलोजी र प्याथोलोजीबाहेकका धेरै सेवाहरु रहने भएकाले अस्पताल साउनबाट सुरु गर्न कुनै समस्या छैन। 'मिनबहादुरजीको सहयोगमा बन्ने भवनमा नै आकस्मिक, ओपिडी, शल्यकक्ष लगायतका सेवा रहन्छन्,' उनले भने, 'प्याथोलोजी र रेडियोलोजी सेवा अर्को बनिरहेको भवनमा राखेर सेवा सुरु गर्ने तयारी गरेका छौं।'

उनका अनुसार काठमाडौंमा अस्पताल राम्रोसँग सञ्चालनमा आएपछि मात्र बाँकी रहेका अन्य प्रदेशमा काम अगाडि बढाउने योजना रहेको खड्काले जानकारी दिए। 'अब हाम्रो जोड काठमाडौंमा नै रहेको छ,' उनले भने, 'काठमाडौंमा अस्पताल राम्रोसँग सञ्चालनमा आइसकेपछि अन्य प्रदेशमा पनि काम अगाडि बढाउने नै छौं।'

दमक र काठमाडौंमा अस्पताल चलेपछि अन्य प्रदेशमा अस्पताल सञ्चालन गर्न अहिलेजस्तो समस्या नहुने डा कोइरालाको अनुमान छ। 'चुनौतीहरु त आउँछन् नै। तर यो सरकारलाई नै सहयोग गर्ने संस्था भएकाले अन्य प्रदेशमा अहिले भोगेको जस्तो ठूलो चुनौती आउँदैनन् कि भन्ने लागेको छ,' डा कोइरालाले भने, 'केही प्रदेशबाट अहिले पनि सहयोग गर्छौं आउनुहोस् भनिरहनु भएको छ। तर हामी पहिला यता केन्द्रित भएकाले यता सकेपछि अनि प्रदेशमा जाने छौं।'

दमकमा एक लाख बढीले लिए सेवा
किओचले झापाको दमकमा सञ्चालन गरेको अस्पतालमा डेढ वर्षको अवधिमा एक लाखभन्दा बढीले सेवा लिएका छन्। अस्पतालको तथ्यांक अनुसार यो अवधिमा एक लाख ७ हजार ११८ जना बालबालिकाले सेवा लिएका छन्। जसमध्ये १४ हजार ६५९ जनाले आकस्मिक सेवा र ९२ हजार ४५९ जनाले ओपीडी सेवा लिएका छन्। 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्