• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालमा कति सहयोग जुट्यो, अब कति चाहिन्छ?

३१८ व्यक्ति तथा संस्थाले गरे ५ सयदेखि ४१ करोडसम्म सहयोग
64x64
नेपाल लाइभ बिहीबार, पुस ११, २०८१  १०:४३
1140x725

काठमाडौं- वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइराला विगत केही वर्षदेखि एउटा वृहत अभियानमा जुटेका छन्। मुटु रोग उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेका डा कोइराला काठमाडौंसहित देशका सातवटै प्रदेशमा बाल अस्पताल स्थापना र सञ्चालन गर्ने अभियानमा सक्रिय छन्।

डा कोइरालाको नेतृत्वमा अगाडि बढेको बाल अस्पताल निर्माणको अगुवाइ काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले छ। किओचको अध्यक्षमा डा कोइराला आफैं छन्। 

डा कोइरालाले पहिलो चरणमा काठमाडौंमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएपछि अन्य प्रदेशमा क्रमश: अस्पताल निर्माण र सञ्चालनको काम अगाडि बढाउने तयारी गरेका थिए। सोही अनुसार काम अगाडि बढिरहेको समयमा कोशी प्रदेशमा भने काठमाडौंमा भन्दा पहिला नै अस्पताल सञ्चालनमा आइसकेको छ। 

कोशी प्रदेश अन्तर्गत दमकमा ५० शय्या क्षमताको अस्पताल सञ्चालनमा आएको डेढ वर्ष भइसकेको छ। सहयोगी हातहरुले साथ दिँदा कोशीमा अस्पताल सञ्चालन सम्भव भएको बताउँछन् डा कोइराला। उनका अनुसार सहयोगी दाताहरुको साथ र निरन्तर सहयोगले काठमाडौंमा पनि धमाधम अस्पताल निर्माणको काम अगाडि बढिरहेको छ।

कति आयो सहयोग, अब कति आवश्यक?
डा कोइराला नेतृत्वमा अगाडि बढेको अस्पताल निर्माणका लागि स्वदेशदेखि विदेशबाट सहयोग आइरहेको छ। डा कोइरालाका अनुसार अस्पताल निर्माणका लागि पाँच सय रुपैयाँदेखि ४१ करोड रुपैयाँ बराबरको सहयोग आइसकेको छ।

अस्पताल निर्माणका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनेदेखि लिएर कोशी प्रदेशमा नेपाल रेडक्रस सोसाइटीले भवनसमेत उपलब्ध गराएको छ।

किओचका प्रोजेक्ट कोअर्डिनेटर दिपेन्द्र खड्काका अनुसार दमक अस्पताल र काठमाडौंमा बनिरहेको अस्पतालका लागि कुल एक अर्ब ४१ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ। जसमध्ये सहयोग उपलब्ध गराइएको रकम र सहयोगका लागि बचन दिएकाहरुबाट एक अर्ब २० करोड ८४ लाख ८७ हजार ४५ रुपैयाँ सहयोग आउने निश्चित भएको छ।

'अस्पताल निर्माणका लागि सहयोग गर्छु भनेर बचन दिइएको १ अर्ब २० करोड ८४ लाख रुपैयाँमध्ये ६२ करोड ५४ लाख ९५ हजार रुपैयाँ प्राप्त भइसकेको छ भने अरु आउने प्रक्रियामा रहेका छन्,' उनले भने, 'अब हामीलाई थप २० करोड ५९ लाख ८ हजार ६६४ रुपैयाँ आवश्यक पर्ने देखिन्छ।' उनका अनुसार अस्पताल निर्माणका लागि हालसम्म विभिन्न व्यक्ति र संस्था गरेर ३१८ जनाले सहयोग गरेको देखिन्छ। 

Ncell 2
Ncell 2

उनले अस्पतालका लागि अब आवश्यक पर्ने २० करोड ५९ लाख रुपैयाँका लागि पनि सहयोगी हातहरुको खोजी भइरहेको जानकारी दिए। 'काम अगाडि बढ्दै जाँदा सहयोगी हातहरु आफैं जोडिँदै जाने पनि हुँदो रहेछ,' उनले भने, 'केही आउने देखिएको छ भने बाँकी रकमका लागि अब हामीले थप नयाँ संस्थाहरुमा पुग्ने तयारी गरेका छौं।' 

अस्पतालका लागि सहयोग गरेका र सहयोगको प्रतिबद्धता गरेका व्यक्ति तथा संस्थाहरुको विवरण पारदर्शी  रुपमा राखिएको छ। किओचले उपलब्ध गराएको विवरण अनुसार अस्पतालका लागि न्यूनतम ५ सय रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको सहयोग प्राप्त भएको छ। केही व्यक्ति र संस्थाले नाम नै उल्लेख नगरी पनि सहयोग गरेका छन्।

यी हुन् एक करोडभन्दा बढी सहयोग गर्ने २१ व्यक्ति तथा संस्थाहरु
अस्पतालका लागि हालसम्म २१ व्यक्ति तथा संस्थाले २१ करोड भन्दा बढी सहयोग गरेका छन्। सबैभन्दा ठूलो सहयोग भने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले गरेका छन्। उनले ४१ करोडको लागतमा काठमाडौं हेपाली हाइटमा अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्ने भएका छन्। उनीपछि दोस्रो नम्बरमा वार्म नेस्ट फाउन्डेसनले ११ करोड २३ लाख ६४ हजार ५ सय रुपैयाँ सहयोग गरेको देखिन्छ। 

त्यसपछि क्रमश: डा शशी भुषण उपाध्यायले १० करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ करोड २९ लाख, केपीएएलएस अमेरिकाबाट ५ करोड ३८ लाख ६५ हजार ९४ रुपैयाँ, जेजिआई नेपाल फाउन्डेसनबाट ४ करोड, कोशी प्रादेश सरकारबाट ३ करोड, रामाकान्त अधिकारीबाट २ करोड ५० लाख, काठमाडौं महानगरपालिकाबाट २ करोड, आनी छोइङ डोल्मा फाउन्डेसनबाट १ करोड ८० लाखसहयोग आएको किओचको विवरणमा उल्लेख छ।

यसैगरी, शारदाराम भण्डारीबाट १ करोड ५० लाख, यूएनआइसिए फाउन्डेसनबाट १ करोड २५ लाख १४ हजार ४५९ रुपैयाँ, सानिमा बैंकबाट १ करोड २० लाख, गणपति बनस्पति प्रालीबाट १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ, प्राडा रमेशकान्त अधिकारीबाट १ करोड १० लाख, नेपाल बैंक लिमिटेडबाट १ करोड, राजेश मेटल क्राफ्टबाट १ करोड, सिद्धार्थ बैंकबाट १ करोड, बैंक अफ काठमाडौंबाट १ करोड, एभरेष्ट बैंकबाट १ करोडर ग्लोबल आईएमई बैंकबाट १ करोड सहयोग पाएको किओचले जनाएको छ।

पैसाभन्दा जिन्सी सहयोग प्राथमिकता
किओचले सहयोगी हातहरुसँग नगदभन्दा जिन्सी सामग्री तथा पूर्वाधार र उपकरणहरु नै सहयोगमा रुपमा बढी लिइरहेको डा कोइराला बताउँछन्। 'भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले पनि ४१ करोडको चेक नै दिन्छु भन्नु भएको थियो,' डा कोइरालाले भने, 'तर हामीले पैसा भन्दा पनि जिन्सी कुरामा नै जोड दियौं। उहाँलाई भवन नै बनाइदिनु भनेर भन्यौं। यस्तै अरुहरुसँग पनि उपकरण लगायतका सामग्रीहरु नै बढी सहयोगमा माग्यौं।'

डा कोइरालाका अनुसार अस्पतालका लागि अहिलेसम्म आइरहेको सहयोगमा झण्डै एक अर्बजति सहयोग पूर्वाधार निर्माण, उपकरण लगायतका विषयमा नै आएको छ। 'दमकमा पनि भवनसहित उपकरणहरु सहयोगका रुपमा नै ल्याएका हौं,' उनले भने।

वैशाखमा तयार हुँदै गुरुङको सहयोगमा बन्ने ४१ करोडको भवन

भाटभटेनीका सञ्चालकको सहयोगमा निर्माण भइरहेको भवन आगामी वैशाखभित्र निर्माण सम्पन्न भइसक्ने गरी काम अगाडि बढेको खड्काले जानकारी दिए। भाटभटेनीले हेलिप्याडसहितको ६ तले भवन निर्माण गरेर किओचलाई हस्तान्तरण गर्ने छ। भवनसँगै भाटभटेनीले उक्त भवनमा आवश्यक पर्ने फर्निचरदेखि उपकरणहरु समेत उपलब्ध गराउने खड्काले जानकारी दिए।

हेपाली हाइटमा अहिले भाटभटेनीले धमाधम भवन निर्माणको काम अगाडि बढाइरहेको छ। उक्त भवनसँगै थप तीन वटा भवन पनि निर्माणको काम अगाडि बढिरहेको छ। तर पहिलो चरणमा भाटभटेनीको भवन निर्माण सम्पन्न हुने र बाँकी दुईवटा भवन निर्माण सम्पन्न हुन भने केही समय लाग्ने खड्काले जानकारी दिए। 

साउनबाट काठमाडौंबाट सेवा सुरु
डा कोइरालाका अनुसार किओचले २०८२ को साउनबाट काठमाडौं हेपाली हाइटबाट बाल अस्पतालको सेवा सुरु गर्ने तयारी गरेको छ। 'मिनबहादुरजीको सहयोगमा बन्ने भवन वैशाखसम्म निर्माण सम्पन्न हुने देखिन्छ। त्यहाँ केही कामहरु सम्पन्न गरेर साउनबाट अस्पतालको सेवा साउनबाट गर्ने तयारी गरेका छौं,' उनले भने।

खड्काका अनुसार उक्त भवनमा अस्पतालका रेडियोलोजी र प्याथोलोजीबाहेकका धेरै सेवाहरु रहने भएकाले अस्पताल साउनबाट सुरु गर्न कुनै समस्या छैन। 'मिनबहादुरजीको सहयोगमा बन्ने भवनमा नै आकस्मिक, ओपिडी, शल्यकक्ष लगायतका सेवा रहन्छन्,' उनले भने, 'प्याथोलोजी र रेडियोलोजी सेवा अर्को बनिरहेको भवनमा राखेर सेवा सुरु गर्ने तयारी गरेका छौं।'

उनका अनुसार काठमाडौंमा अस्पताल राम्रोसँग सञ्चालनमा आएपछि मात्र बाँकी रहेका अन्य प्रदेशमा काम अगाडि बढाउने योजना रहेको खड्काले जानकारी दिए। 'अब हाम्रो जोड काठमाडौंमा नै रहेको छ,' उनले भने, 'काठमाडौंमा अस्पताल राम्रोसँग सञ्चालनमा आइसकेपछि अन्य प्रदेशमा पनि काम अगाडि बढाउने नै छौं।'

दमक र काठमाडौंमा अस्पताल चलेपछि अन्य प्रदेशमा अस्पताल सञ्चालन गर्न अहिलेजस्तो समस्या नहुने डा कोइरालाको अनुमान छ। 'चुनौतीहरु त आउँछन् नै। तर यो सरकारलाई नै सहयोग गर्ने संस्था भएकाले अन्य प्रदेशमा अहिले भोगेको जस्तो ठूलो चुनौती आउँदैनन् कि भन्ने लागेको छ,' डा कोइरालाले भने, 'केही प्रदेशबाट अहिले पनि सहयोग गर्छौं आउनुहोस् भनिरहनु भएको छ। तर हामी पहिला यता केन्द्रित भएकाले यता सकेपछि अनि प्रदेशमा जाने छौं।'

दमकमा एक लाख बढीले लिए सेवा
किओचले झापाको दमकमा सञ्चालन गरेको अस्पतालमा डेढ वर्षको अवधिमा एक लाखभन्दा बढीले सेवा लिएका छन्। अस्पतालको तथ्यांक अनुसार यो अवधिमा एक लाख ७ हजार ११८ जना बालबालिकाले सेवा लिएका छन्। जसमध्ये १४ हजार ६५९ जनाले आकस्मिक सेवा र ९२ हजार ४५९ जनाले ओपीडी सेवा लिएका छन्। 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्