काठमाडौं- लामो समयपछि नेपाली नम्बर प्लेटका खाना पकाउने एलपी ग्यासको ढुवानी गर्ने बुलेट सञ्चालन गर्न दिन भारत सहमत भएको छ। शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको संयुक्त कार्यदलकाे बैठकले नेपाली व्यवसायीको लगानीमा भारतमा निर्माण भएका ५३ वटा बुलेट सञ्चालन गर्न दिने सम्बन्धमा सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले जानकारी दिए।
_x000D_
_x000D_
नेपाल आयल निगमले २७ असार २०७३ मा नेपाली व्यवसायीलाई नेपाली नम्बर प्लेटका ७ सय ७५ थान बुलेट सञ्चालनको अनुमति दिएको थियो।
_x000D_
_x000D_
निगमको सहमतिसँगै व्यवसायीले बुलेट निर्माणको अर्डर दिएका थिए। अर्डर बमोजिम बनेका बुलेट सञ्चालन गर्न दिने सम्बन्धमा भारतीय पक्षबाट अवरोध भएपछि केही संख्यामामात्र बुलेट बनेका थिए।
_x000D_
_x000D_
भारतले विष्फोटक प्रमाणपत्र जारी नगरीदिँदा निर्माण भइसकेका बुलेट लामो समयदेखि सञ्चालनमा आउन सकेका थिएनन्।
_x000D_
_x000D_
शुक्रबार भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवसहितको उपस्थितिमा नेपालमा बसेको संयुक्त कार्यदलको बैठकले ५३ वटा बुलेट सञ्चालन गर्न दिने सहमति गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।