काठमाडौं– यस साता कारोबार रकम २६ दशमलब ०२ प्रतिशतले बढेको छ। साताभर १ सय ८९ कम्पनीको तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरका एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयरहरु खरिदबिक्री भएका छन्।
_x000D_
_x000D_
गत साता १ सय ८९ कम्पनीहरुको कारोबार भएको थियो। जसबाट २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
यस साता कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ। बैंकको २३ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
_x000D_
_x000D_
त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ। कम्पनीको ३० लाख ८५ हजार सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।