काठमाडौं– दसैं नजिकिँदै गरेको बेला राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका २ वटै ‘एमए–६०’ चिनियाँ विमान ग्राउन्डेड भएका छन्। नेपाल वायु सेवा निगमसँग रहेका दुई वटै ‘एमए–६०’ जहाज ग्राउन्डेड भएपछि आन्तरिक उडान प्रभावित भएको छ।
_x000D_
_x000D_
एउटा ‘एमए–६०’ ग्राउन्डेड भएको दुई महिना हुने लागेको छ भने अर्को भने पछिल्लो एक सातादेखि थन्किएको छ। ग्राउन्डेड भएको दुई वटा ‘एमए–६०’ विमानमध्ये एउटा शुक्रबार बेलुकासम्म्म मर्मत सम्पन्न गरिसक्ने नेवानिका प्रवक्ता अशोक सिग्देलले दाबी गरे। तर, चीनबाटै ल्याइएको अर्को एमए ६० विमान भने कहिलेसम्म मर्मत हुने निश्चित भइसकेको छैन। ‘आज जहाज मर्मत कार्य सकिने प्राविधकहरुले जानकारी गराएका छन्’, सिग्देलले भने, ‘मर्मत सम्पन्न भएको अवस्थामा आइतबारबाट नियमित तालिकामै उडान हुनेछ।’
_x000D_
_x000D_
यसैगरी नेवानिले आन्तरिक उडानमा सेवा दिँदै आएको २ वटै ‘टिवनअटर’ विमान र दुई वटा ‘वाई–१२’ जहाज पनि ग्राउन्डेड छन्। जसका कारण नेवानिको आन्तरिक उडान सुनसान जस्तै भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।