• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पश्चिमा प्रजातन्त्रको नाराले चीनको बढ्दो प्रभावलाई रोक्न सक्ला?

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ०१:१४
1140x725

लामो समयसम्म पश्चिमा देशले इतिहास आफ्नै पक्षमा रहेको सोचे। उनीहरुले कल्पना गरे अनुरुप विश्वको भविष्य हुनु पर्नेमा जोड दिए। शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि त झन् यो विषयले बढावा पाउँदै गयो। 

_x000D_ _x000D_

भविष्य पश्चिमा देशकै थियो, त्यो भन्दाबाहिर सोच्न सक्ने स्थिति पनि थिएन। तर विचारणीय कुरा के छ भने शीतयुद्धको समाप्तिभन्दा पहिले, अझ ठ्याक्कै भन्नु पर्दा सन् १९७८ बाटै चीनले आधुनिकीकरणको आफ्नै गाथा सुरु गरिसकेको थियो। यो कुरा आजसम्म पनि इतिहासको गर्भमा नै छ। निश्चय पनि चीनका लागि सन् १९८९ भन्दा सन् १९७८ को महत्व बढी हुनेछ। सन् १९७८ मा तेङ जियाओपिङ चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेताका रुपमा चुनिएका थिए भने सन् १९८९ मा उनले नेतृत्व हस्तान्तरण गरेका थिए। तेङका पालादेखि नै चीनको आधुनिक इतिहास सुरु भएको मानिन्छ। 

_x000D_ _x000D_

चीनको उदय भएसँगै पश्चिमा मूलुकले चीनलाई बुझ्ने तरिका पनि फरक पर्दै गयो। तेङले थालनी गरेको चिनियाँ आर्थिक र राजनीतिक व्यवस्थाको सुधारले चीन विकसित हुँदै जाँदा ‘चीन पनि पश्चिमा देशजस्तै समृद्ध हुन्छ, भएन भने असफल राष्ट्र हुन्छ’ भन्ने सबैको आँकलन थियो। वास्तवमा चीन सफल भयो पनि। 

_x000D_ _x000D_

चीन पश्चिमा देशजस्तै हुन्छ वा होस् भन्ने अपेक्षा गलत हो।

_x000D_ _x000D_

चीनको राजनीतिक व्यवस्था पश्चिमा देशको जस्तो भएन। देशको अर्थतन्त्र झन् भन्दा झन् बलियो हुँदै गयो। यस अर्थमा चीन पश्चिमा देशभन्दा फरक रह्यो। अझैपनि चीन पश्चिमा देशभन्दा फरक रहने प्रक्रियामा नै छ।

_x000D_ _x000D_

पश्चिमा राष्ट्रका विज्ञले अपेक्षा गरेजस्तै न त चीनको अर्थतन्त्र लामो समय धराशायी बन्यो, न त पश्चिमाले व्याख्या गरेजस्तो प्रजातन्त्रका लागि त्यहाँका जनताले संघर्ष नै गर्नुपर्यो। बरु, पश्चिमा देशमा राजनीति र अर्थतन्त्रमा ठूलो हुन्डरी ल्याउन सफल भयो।

_x000D_ _x000D_

सन् २००७–०८ को आर्थिक मन्दीले पश्चिमा देशको अर्थतन्त्रमा व्यापक ठूलो समस्या सिर्जना गर्यो। यो मन्दीले सन् १९३० को ‘महामन्दी’भन्दा पनि बढी असर पश्चिमा राष्ट्रलाई गर्यो। सन् २००७–०८ को आर्थिक मन्दीको प्रभाव कतिसम्म विकराल थियो भने सन् २०१५–१६ सम्म पनि यसका असर रहे,  अर्थतन्त्रमा असर गरिरह्यो। परिणामस्वरुप, नवउदारवादको अवसान हुन पुग्यो भने त्यहाँको शासकीय अभिजात्य वर्ग कमजोर हुन पुग्यो।  सरकारी संस्था विघटनको संघारमा पुगे।

_x000D_ _x000D_

अहिले पश्चिमा राष्ट्र अर्थात् दुवै अमेरिका र यूरोपेली संघको साख ऐतिहासिक रुपमा कमजोर बन्न पुगेको छ। उदीयमान राष्ट्रको नेतृत्व गरेका दुई राष्ट्र चीन र भारतले मात्र अहिले विश्वको कूल गार्हस्थ्य उत्पादनमा ६० प्रतिशतभन्दा थोरै मात्र कम योगदान गर्छन्। जबकि १९७० को दशकको मध्यसम्म पनि विश्व अर्थतन्त्रमा यी दुई राष्ट्रको योगदान करीब ३३ प्रतिशतको हाराहारीमा मात्र थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दोस्रो विश्वयुद्धपछिको ठूलो उपलब्धि भनेको विकाशशील राष्ट्रको उदय हुँदै जानु हो। विश्वको करीब ८५ प्रतिशत जनसंख्या विकासशील राष्ट्रमा छ। तर पुरानो जमानाका विकसित राष्ट्रमा अहिले जम्मा १५ प्रतिशत मात्र जनसंख्या पुग्छ।

_x000D_ _x000D_

विकासशील राष्ट्रले पश्चिमा देशबाट धेरै कुरा सिकेका छन् तर पश्चिमा नै हुने संभावना भने छैन। पश्चिमाको अनुकरण गर्ने विषयमा चीन एक अदभुत् देश हो। चीन राष्ट्र वा राज्य मात्र नभएर एक सभ्यता पनि हो। यस्तो अवधारणा पश्चिमा राज्यले बुझेका पनि छैनन् र बुझ्ने कोसिस गरेका पनि छैनन्।

_x000D_ _x000D_

चीनको राज्य र समाजको सम्बन्ध पश्चिमाको भन्दा निकै फरक किसिमको छ। जुन शासन प्रणलीको एउटा तरिका पनि हो। अमेरिका र अरु पश्चिमा राष्ट्रजस्तै साम्राज्यवादी राष्ट्र चीन होइन। पश्चिमा राष्ट्रभन्दा फरक इतिहास र संस्कृति चीनमा रहेको छ। त्यसैले चीन पश्चिमा जस्तै हुन पनि सक्दैन र हुने अपेक्षा पनि गर्नुहुँदैन।

_x000D_ _x000D_

यूरोपको उदयले विश्वलाई परिर्वतन गर्न सक्यो। यूरोपको निरन्तर बलियो साथले गर्दा अमेरिकाको उदयले पनि निश्चित परिर्वतन गर्‍यो। विश्वशक्तिका रुपमा उदय हुँदै गरेको चीनले पनि विश्वलाई ठूलो मात्रामा परिर्वतन गर्ने अपेक्षा गर्न सकिन्छ। यो भन्दा फरक तरिकाले सोच्दा यी दुवै परिवर्तन अस्थिर देखिन्छन्। पश्चिमाको प्रभावले विश्वमा एक किसिमको छाप छोडेको त छ तर उसको प्रभाव दीर्घकालीन थिएन। प्रभाव भनेको शाश्वत हुँदैन। अमेरिकाले नेतृत्व गरेको विश्वमा चीन अमेरिकाजस्तो होओस् भनेर सोच्नु भ्रम मात्र हो। तर चीनले त्यो सबै कुरा निमिट्यान्न पारेर आमूल रुपमा नयाँ सुरुवात गर्छ भन्ने सोच्नु पनि गलत हो।

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यस्तो सोचाइ चीनको परम्परा विरुद्ध हुन्छ। विश्वलाई हेर्ने चीनको नजर मिश्रित खालको छ। जसलाई चिनियाँहरु ‘यिन यान’ भन्दछन्। ‘यिन यान’ भनेको शाश्वत सत्य हो, जुन अमीट हुन्छ। जसरी पश्चिमा एकात्मकतामा बढी जोड दिन्छन् त्यसरी नै चिनियाँहरु पनि बहुलवादमा बढी जोड दिन्छन्। यस मामिलामा चिनियाँहरु तत्कालीन सोभियत संघभन्दा पनि फरक मत राख्छन्। सोभियत संघले विश्वलाई बहुपक्षीय वा एकपक्षीय रुपमा हेर्थ्यो तर चिनियाँहरु व्यवहारवादी छन्। पश्चिमाका धेरै कुराका प्रशंसक पनि हुन् चिनियाँ, आकर्षित पनि छन्। त्यसो गर्न जरुरी पनि छ। तर उनीहरु पश्चिमा जसरी आफूलाई विशिष्ट ठान्दैनन् र आफ्नो नक्कल अरुले पनि गरोस् भन्ने अपेक्षा पनि राख्दैनन्। विचारणीय कुरा त यो छ कि, चिनियाँले कति वटा युद्ध लडेका छन्? यही कारण पूर्वी एसियाली क्षेत्र यूरोपको तुलनामा लामो समय शान्तिपूर्ण अवस्थामा रह्यो। साम्राज्य विस्तारका क्रममा यूरोपले देखाएजस्तो सैनिक दम्भ होस् वा अमेरिकाले अहिले गरेजस्तै काम चीनले आगामी दिनमा गर्न सक्छ भनेर नसोच्दा हुन्छ।

_x000D_ _x000D_

हामीले पश्चिमा मूल्यलाई उदार मूल्यसँग दाँजेर त्यसलाई बचाउने बाहानामा बहस गर्नु हुँदैन। विश्वमा यस्ता धेरै परम्परा र संस्कृति छन्, जसले विश्वलाई सुचित गर्न सक्षम छन्। पश्चिमले निकै कम जनसंख्याको मात्र प्रतिनिधित्व गर्छ। पश्चिमाले विश्वास गरेजस्तै विश्व अबका दिनमा एकात्मक हिसाबमा चल्नेवाला छैन। बरु, चिनियाँ मूल्य मिश्रित र बहुलवादको हिसाबमा चल्ने सम्भावना छ। चीनसहित पूर्वी एसियाली संस्कृति पश्चिमाको एकात्मक संस्कृतिका अलि बढी सामुदायिक र पारिवारिक प्रकृतिको छ। यस्तो आफ्नै मौलिकता भएको संस्कृति अबका दिनमा आमूल परिर्वतन होला भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था पनि आइसकेको छैन।

_x000D_ _x000D_

केही कुरामा फरक होला, केही कुरामा अहिलको अवस्थाभन्दा पनि खराब होला तर केही पक्षमा अहिलेभन्दा राम्रो हुन पनि सक्छ। यति  कुरा दिमागमा राख्नुस्, अमेरिकाले नेतृत्व गरेको विश्वव्यवस्थामा उसले भनेजस्तो केही उदारता र प्रजातन्त्र छै्रन। अन्तर्राष्ट्रिय (अरु देशका) मामलाका विषयमा पश्चिमा नेतृत्वको व्यवस्था निरकुंश प्रकृतिको छ।

_x000D_ _x000D_

अहिलेको समयमा ठूलो डर भनेको चीनको उदय होइन। बरु, चीनको उदयलाई अमेरिकाले कसरी लिन्छ र आफनो प्रभाव निस्तेज हुँदै गएको घटना कुन रुपमा लिन्छ भन्ने चासो मुख्य हो।

_x000D_ _x000D_

अमेरिकामा बढ्दै गएको अनुदारवादी चरित्र हठात् निम्तिएको आकस्मिक परिस्थितिको परिणाम मात्र होइन। विश्वव्यवस्थाबाटै कमजोर बन्दै गएको अमेरिकी प्रभाव केही समय भरथेग गर्न सकिएला कि भनेर उसले गरेको प्रयासको सूचक हो।

_x000D_ _x000D_

हामीले यो कुरा बुझ्नुपर्छ कि, पश्चिमा प्रजातन्त्रको नारा उनीहरुको प्रभाव विस्तार भएपछि मात्र आएको हो। तर प्रजातान्त्रिक विचारले मात्र विगतको पश्चिमा प्रभाव धान्न सक्ला? यदि पश्चिमा मूलुक आफ्नो सर्वोत्तम मूल्य नवीन बनाई राख्न र चीनको बढ्दो प्रभावसँग प्रतिस्पर्धा गर्न सक्षम भएमा मात्र विश्वमा उसको अस्तित्व रहन सहज होला।

_x000D_ _x000D_

‘When China Rules the World: the End of the Western World and the Birth of a New Global Order’ का लेखक माट्रिन ज्याक्सले ‘द इकोनोमिस्ट’का लागि  लेखेको याे  सामग्री नेपाल लाइभका पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्। ज्याक्स क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत राजनिति तथा अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ विज्ञ तथा सिन्ह्वा विश्वविद्यालयका अतिथि प्राध्यापक हुन्।’

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्