काठमाडौं– बालिकालाई जबरजस्ती मोटरसाइकलमा राखेर जंगलमा लगी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एक जना भने फरार छन्।
_x000D_
_x000D_
डडेल्धुराको पर्शुराम नगरपालिका–५ का २८ वर्षीय वीरबहादुर बोहरा र पर्शुराम–१० कै २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। उनीहरुले पर्शुरामधामको अनन्ते मेलाबाट घर फर्कने क्रममा ती बालिकालाई मोटरसाइकलमा राखेर नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए।
_x000D_
_x000D_
पीडित बालिकाका परिवारले बिहीबार इलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन दिएका थिए। सोही आधारमा प्रहरीलेआरोपीमध्ये बोहरालाई पक्राउ गरेको हो। जोशी अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।