काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सविरुद्धको पहिलो विकेट पतन भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले पहिलो विकेटका रुपमा ओपनर आन्द्र गौसलाई गुमाएको हो। लुम्बिनीविरुद्ध नटआउट शतक प्रहार गरेका गौसले आज कर्णालीविरुद्ध पनि आक्रामक सुरुवात गरेका थिए।
उनले १२ बलमा २५ रन बनाएका थिए। चार चौका र एक छक्का प्रहार गरेका उनलाई कर्णालीका विपीन शर्माले बोसिस्टोबाट क्याचआउट गराए। पोखराको यो चौथो खेल हो। दुईमा हार र एकमा जित निकालेको छ। यता कर्णालीले दुई जित र दुईमा हार व्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।