काठमाडौं– भीमदत्त नगरपालिकाले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
_x000D_
_x000D_
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले सहिद खुनाका परिवारलाई ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणाअनुरुप बिहीबार सो बराबरको चेक हस्तान्तरण गरिएको हो।
_x000D_
_x000D_
निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर १४ वर्षीय खुनाको मृत्यु भएको थियो।
_x000D_
_x000D_
भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख विष्टले खुनाका बुवा विरु खुना र आमा मन्जु राजी खुनालाई तीन लाखको चेक प्रदान गरेका थिए।
_x000D_
_x000D_
भीमदत्त नगरपालिका–१८ का बासिन्दा विरु खुना नगरपालिकाका कर्मचारीसमेत हुन्।
_x000D_
_x000D_
कार्यक्रममा नगरप्रमुख विष्टले खुनाको निधनपछि उनका भाइ बहिनीको पठनपाठनसहित परिवारलाई सहयोग पुग्नेगरी सहयोग गरिएको बताए। ‘निर्मला पन्तको बलात्कारपछि हत्या भयो, यो निकै दुःखद घट्ना छ, त्योसँगै सन्नीले निर्मलालाई न्याय माग्ने क्रममा ज्यान गुमाए’, उनले भने, ‘त्यही बेला पनि श्रद्धाञ्जली र समवेदना दियौं, अन्तिम संस्कारमा सहभागी भयौं, भाइ बहिनीको पठनपाठन र घर खर्च चलाउन सहज होस् भनेर सहयोग गरेका छौं।’
_x000D_
_x000D_
नगरप्रमुख विष्ट सन्नीको निधनपछि परिवारसित निरन्तर सम्पर्कमा रहेर अन्तिम संस्कारमा सहभागी भएका थिए। महाकाली नदीको ब्रह्मदेवघाटमा खुनाको राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिएको थियो।
_x000D_
_x000D_
कार्यक्रममा नगरप्रमुख विष्टले सन्नीलाई सहिद घोषणा गरी नगद सहयोग गरेकोमा संघ र प्रदेश सरकारलाई धन्यवाद दिए। खुनालाई सहिद घोषणा गरी केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको थियो।
_x000D_
_x000D_
उनले खुनाका परिवारलाई रोजगारीका लागि प्रदेश सरकारसित पहल गर्ने प्रतिवद्धतासमेत जनाए। निर्मला पन्तका दिदी र बहिनीको शिक्षाका लागि नगरपालिकाबाट सहयोग रकम घोषणा गरिएको उल्लेख गर्दै उनले पन्तको स्मृतिमा विद्यालयमा उद्यान निर्माण र पन्तको शव भेटिएको स्थानमा प्रहरी चौकी निर्माणका लागि सहयोग गरिने नगरप्रमुख विष्टले जानकारी दिए।
_x000D_
_x000D_
गत साउन ११ गते पन्तको शव भेटिएपछि स्थानीयले सालघारीमा शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापनाको माग गरेका थिए।
_x000D_
_x000D_
नगर प्रमुख विष्टले निर्मलाको हत्या गरिएको लामो समयसम्म हत्यारा पहिचान भएर कारबाही हुन नसकेकोमा दुःख व्यक्त गर्दै दोषीहरुलाई कानुनी दायरामा ल्याउन भीमदत्त नगरपालिका कार्यालय र जनप्रतिनिधिहरुले सधैं दबाव दिने बताए।
_x000D_
_x000D_
निर्मलाका परिवारले कार्यालयमा सम्पर्क राख्ने बित्तिक्कै नगरपालिकाबाट घोषणा गरिएको सहयोग रकम प्रदान गरिने प्रमुख विष्टले स्पष्ट पारे। ‘निर्मलाका परिवार जुनबेला आउनु हुन्छ, त्यही बेला कार्यालयबाट चेक हस्तान्तरण गर्छौं’, उनले भने।
_x000D_
उनका अनुसार गत महिना नै निर्मला बुवा यज्ञराज पन्तलाई सहयोग रकमका लागि कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिसकिएको छ।
_x000D_
_x000D_
भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकबाट सहिद खुना र निर्मलाका परिवारलाई सहयोग गर्ने निर्णय गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।