• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

रसुवाका तीनवटा आयोजनाबाट राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट विद्युत

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०८१  १६:०८
1140x725

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट थपिएको छ। प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत आयोजनाबाट १६८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

तीन वटै आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको प्राधिकरणले जनाएको छ।

१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यवसायिक रुपमा विद्युत उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत बिक्री गरिसकेको छ।

४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरिएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ।

परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु हुने प्राधिकरणले जनाएको छ। उसका अनुसार दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यवसायिक विद्युत उत्पादन हुनेछ।

नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट हिउँदमा करिब ८० मेगावाटमात्र विद्युत उत्पादन हुन्छ।

चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशीबाहेक तीन वटा आयोजना सम्पन्न भएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका वेला सर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाको निर्माणमा केही समय लागे तापनि अब तीन वटा आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएको छ’, उनले भने, ‘बढी विद्युत माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरुले हिउँदयाममा विद्युत प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्।’

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिंदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ। माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो। आयोजनाको प्रवर्द्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको व्याजबाहेक आयोजनाहरुको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए।

सीईओ सिंहले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे। चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ।

कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीहरु, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।

माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुनेछ। माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०–७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ।

यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ। उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सीईओ सिंहले बताए।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत ब... शनिबार, भदौ ६, २०८३
सडक सीमा खाली गराउने बाटो खुल्यो, टेलिकमको रिटमा अन्तरिम आदेश अस्वीकार अदालतको यो निर्णयसँगै यसअघि सडक विस्तारको काम रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशसमेत निरन्तर नहुने भएको छ। शुक्रबार, भदौ ५, २०८३
तमोर करिडोर हुँदै ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु जय पाथीभरा माता एसी बस सेवा प्रालिलको बिहिबारबाट प्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्