काठमाडौं– सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्ने भएको छ।
_x000D_
_x000D_
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका भावी योजनाबारे जानकारी गराउने क्रममा आगामी वर्षलाई ‘साक्षर नेपाल अभियान’को रुपमा अघि बढाउन लागिएको बताएका हुन्।
_x000D_
_x000D_
त्यसका लागि सरकारले आन्तरिक रुपमा व्यापक छलफल गरिरहेको पनि मन्त्री पोखरेलले जानकारी दिए। सरकारले यो वर्ष सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन गरेको थियो। अर्को वर्ष सबै नागरिकलाई साक्षर बनाउने अभियान अघि बढाउने योजना तय गरिएको मन्त्री पोखरेलले बताए।
_x000D_
_x000D_
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसारनै पारित गर्ने प्रतिवद्धता पनि जनाए। उनले विगतमा गरिएका सहमति अनुसार अघि बढाउने उल्लेख गर्दै सो विधेयक पारित गर्न ढिलाई नगर्न पनि समिति समक्ष आग्रह गरे।
_x000D_
_x000D_
आगामी शैक्षिक सत्रदेखि ऐनको रुपमा लागू गराउने सो विधेयक पारित गर्न अब संघीय संसदले पनि ढिलाई गर्न नहुने मन्त्री पोखरेलको भनाइ छ।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्यहरुले सो विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै संघीय संसदले पारित गर्ने विश्वास व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।