काठमाडौं– शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालि ठगी प्रकरणमा कम्पनी रजिस्टार कार्यालयका दुई जना फरार उपसचिव पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरार उपसचिवद्वय गंगाधर पौडेल र धर्मराज रोकायालाई पक्राउ गरेका हो । उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।
_x000D_
_x000D_
शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको कीर्ते कागजात खडा गरी ७० करोड रुपैयाँ बराबरको सम्पत्ति ठगी गर्न सहयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। यसअघि सोही प्रकरणमा कम्पनी रजिस्टार कार्यालयका सहायक रजिस्टार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, आइटी शाखामा दुई जना कर्मचारी र ठगी गर्ने अन्य ८ जनासहित १२ जनालाई प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो सिआइबीले पक्राउ गरेको थियो।
_x000D_
_x000D_
जितबहादुर मगरलगायतका व्यक्तिले प्रालिको शेयरधनी, सञ्चालक, कम्पनीको, अध्यक्ष जितबहादुर नै हो भनी कम्पनीको नाममा रहेको जग्गा बेच्दै हिँडेका थिए। उनीहरुले नक्कली कागजात, सहीछाप कीर्ते बनाएर कम्पनीको नाममा रहेको ७० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति ठगी गरेका थिए।
_x000D_
_x000D_
प्रालिका वास्तविक सञ्चालक रामनिरञ्जन जटियाको सम्पूर्ण शेयर जितबहादुरले खरिद गरेको र नामसारी गरापाउँ भनेर कम्पनी रजिस्टारको कार्यालयमा पेस गरिएको नक्कली कागजलाई नै आधार मानेर रजिस्टार कार्यालयका कर्मचारीले नामसारी गरेको पाइएको थियो।
_x000D_
_x000D_
यो ठगी प्रकरणमा रजिस्टार कार्यालयकै मिलेमतो रहेको पाएपछि सिआइबीले दुई उपसचिवसहित ४ जनालाई पक्राउ गरेको थियो भने अहिले पक्राउ परेका दुई उपसचिव फरार भएका थिए। उनीहरुलाई पनि पक्राउ गरेर अख्तियारले अनुसन्धान सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।