काठमाडौं- दसै अगावै मेलम्चीको पानी काठमाडौं नआउने भएको छ।
_x000D_
_x000D_
दसैंअघि नै मेलम्चीको पानी सुन्दरीजल ल्याउने सरकारले घोषणा गरेको भए पनि पानी ल्याउन सम्भव देखिएको छैन। निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा सरकारको घोषणा पूरा नहुने भएको हो।
_x000D_
_x000D_
सुरुङ खनेर सम्पन्न भए पनि फिनिसिङको काममा ढिलाइ भएको छ। हालसम्म जम्मा १५.५ किलोमिटर सुरुङको फिनिसिङ गरिएको छ।
_x000D_
_x000D_
मेलम्ची खानेपानी विकास समितिका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ। हाल दैनिक १८० मिटरका दरले सुरुङ फिनिसिङको काम भइरहेको छ। यही गतिमा फिनिसिङको काम गरे एक महिनामा ५.५ किमि सम्पन्न हुन्छ। फिनिसिङ सम्पन्न गर्न कम्तीमा २ महिना १५ दिन लाग्नेछ।
_x000D_
_x000D_
मेलम्ची खानेपानी विकास समिति, एडिबी र निर्माण कम्पनीबीच बुधबार बसेको बैठकमा निर्माण कम्पनीले दुई महिनामा सम्पन्न गर्ने बताएको समितिका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। निर्माण कम्पनीले अक्टोबर १५ सम्ममा काम सम्पन गर्ने बताउँदै आएको थियो।
_x000D_
_x000D_
मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ ब्रेकथ्रु गरिए पनि फिनिसिङको कामका ढिलाइ भएको छ। सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसनको काम सुरु भएको छैन। भेन्टिलेसनको काम सुरुङभित्रैबाट गरिने भएको छ।
_x000D_
_x000D_
त्यसका लागि पहाडमा प्वाल पार्ने तीन वटा मेसिन भारतबाट आउँदै गरेको पन्तले जानकारी दिए। समितिका अनुसार मेलम्ची खोलामा हाललाई अस्थायी डाइभर्सन बनाएर पानी ल्याउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।