पोखरा– बिहीबार बिहानै श्रीमतीको हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
पोखरा–३२ सुकुम्बासी बस्ती बस्ने ५५ वर्षीय यामबहादुर गुरुङलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
स्थानीयले ‘बूढी मारेर भागेको’ भन्ने सुराकीका आधारमा गुरुङलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। ‘गुरुङले बिहानै श्रीमतीको हत्या गरी शवलाई बोरामा फालेका थिए,’ उनले भने।
_x000D_
_x000D_
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।