एजेन्सी– स्पेनिस ला लिगामा महारथी क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना पराजित भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनालाई लेगानेस र रियललाई सेभिल्लाले पराजित गरेका हुन्।
_x000D_
_x000D_
रियलमाथि सेभिल्लाले ३–० को जित निकाल्यो। सेभिल्लाको जितमा आन्द्रे सिल्भाले खेलको १७ र २१ मिनेटमा गोल गरे। बेन याडरले खेलको ३९ मिनेटमा गोल गरेपछि सेभिल्ला पहिलो हाफमै ३–० गोलले अघि बढेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
यता बार्सिलोनाले अंक तालिकाको पुछारमा रहेको लेगानेसले हरायो। बार्सिलोनाको यो सिजनमा पहिलो हार हो। जितसँगै लेगानेस तीन स्थान माथि उक्नल सफल भयो। बार्सिलोनाका लागि १२ मिनेटमा काउटिन्होले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। तर इल जारले ५२ र रोद्रिगेजलले ५३ मिनेटमा गोल गरेर लेगानेसलाई घरेलु मैदानमा अग्रता दिलाए।
_x000D_
_x000D_
हारपछि पनि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। बार्सिलोनाको ६ खेलबाट १३ अंक छ। रियलको पनि समान खेलबाट १३ अंक छ। तेस्रो स्थानको एट्लेटिकोको ११ र चौथो स्थानको सेभिल्लाको १० अंक छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।