काठमाडौं– ‘जेरी अन टप’ सिनेमामा केदार घिमिरे (माग्ने बुढा)को इन्ट्री भएको छ।
शुक्रबार उनीसँग फिल्मका निर्माता सरोज न्यौपानेले कागजी सम्झौता गरेका हुन् । सिनेमामा अभिनेता अनमोल केसी, अभिनेत्रीत्रय सुरक्षा पन्त, आँचल शर्मा र जसिता गुरुङ अनुबन्धित भइसकेका छन्।
माग्ने बुढा अनुबन्धित भएसँगै आफ्नो फिल्ममा कलाकारको ‘लाइनअप’ पूरा भएको जानकारी निर्माता न्यौपानेले दिएका छन ।
असोज २४ गते फूलपातीमा फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन भएपछि केदारले यो सिनेमाको छायाँकन गर्नेछन् । योसँगै उनी यसै वर्ष सम्राट बस्नेतको निर्देशनमा बन्ने ‘कङ्गारु’मा पनि काम गर्दैछन्।
‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गर्दैछन्।
सिनेमामा सरोज न्यौपानेसहित रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र रविन शेरचन छन् भने ‘एसोसिएट’ निर्माताको रुपमा ओम अग्रवाल र विवेक थापा रहेका छन् । फिल्मको कथा भने निर्देशक हेमराज विसीले लेखेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।