काठमाडौं- संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।
_x000D_
_x000D_
म्याक्रोनको ट्रम्प लक्षित आलोचना जलवायु परिर्वतन सम्बन्धी सहमतिबाट अमेरिका हट्ने नीति लगायत विश्व राजनीतिमा अमेरिकाले चाल्दै गरेको कदमविरुद्ध रहेको छ। जलवायु परिर्वतन सम्बन्धी सहमतिमा हस्ताक्षर नगर्ने कुनै पनि राष्ट्रसँग फ्रान्सले कुनै किसिमको व्यापारिक साझेदारी नगर्ने राष्ट्रपति म्याक्रोनले बताएका छन्।
_x000D_
_x000D_
सभालाई सम्बोधन गर्दै म्याक्रोनले वर्ता र बहुपक्षीय सहकार्यले विश्वमा हाल देखिएको समस्या समाधानको उपाय भएकोमा जोड दिए। ‘एक पक्षीय रुपमा विश्वमा हाल देखिएको समस्या समाधान हुन सक्दैन,̛ म्याक्रोनले भने,‘प्यालेस्टाइनी जनताको शान्तिको चाहनलाई कुनै एक देशको मात्रै प्रयासले सफल हुन सक्दैन।'
_x000D_
_x000D_
बहुपक्षीय सहमतिबिना अघि सारिएका योजनाहरुले विश्वलाई युद्धतर्फ लैजाने बताउँदै उनले अहिले देखिएको राष्ट्रवाद र संरक्षणवादको सधैं हार भएको र अब पनि हार हुने तर्क गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।