पोखरा– पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै उनको पोस्टमार्टम गरिएको थियो। रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको हो।
_x000D_
_x000D_
‘पोस्टमार्टममा भान्जीको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखियो,’ चिकित्सकहरुको भनाइ उद्धृत गर्दै मामा कृष्ण सुनारले जानकारी भने।
_x000D_
_x000D_
बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन्।
_x000D_
_x000D_
बिस्कुट किन्न जाँदा...
_x000D_
सोमबार साँझ करिब ६ बजेतिर १० वर्षीया श्रीया घरबाट बिस्कुट किन्न निस्किन्छिन्। उनी बसेको घरदेखि जम्मा ५ मिनेटको दुरीमात्रै टाढा छ पसल। तर साँझ अबेर हुँदासम्म घर नफर्केपछि परिवारका अरु सदस्य अत्तालिन्छन्। र, खोजीका लागि जुट्छन्।
_x000D_
_x000D_
तर, भोलिपल्ट मंगलबार बिहानै श्रीया घर नजिकै मृत अवस्थमा फेला पर्छिन्। पोखराको कोदीमा क्षतविक्षत अवस्थामा फेला परेको शव वरिपरिका ढुंगामा समेत रगत लागेको भेटिन्छ।
_x000D_
_x000D_
'अर्धनग्न अवस्थामा उनको शव भेटियो,' डिएसपी नवीन कार्कीले जानकारी दिए।
_x000D_
_x000D_
बाबुले दुई वर्षअघि कान्छी आमा ल्याएपछि उनी आमा र दिदीसँगै मामा कृष्णको घरमा बस्दै आएका थिए। 'घर नजिकै उनी निस्किइरहन्थिन्। यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौं,’ मामा कृष्ण सुनार सुनाउँछन्।
_x000D_
_x000D_
हत्यारा पक्राउ
_x000D_
जिल्ला प्रहरी कास्कीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानमा खटिएको टोलीले श्रीयाकै छिमेकीले बलात्कारपछि हत्या गरेको निस्कर्ष निकालेको हो।
_x000D_
_x000D_
प्रहरी स्रोतका अनुसार घटनापछि आधा दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो। ‘धेरैलाई पक्राउ गरे पनि मुख्य शंका तीन जनामाथि थियो। त्यसमध्ये एक जनाले आरोप स्वीकार गरेका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।
_x000D_
_x000D_
कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।