काठमाडौं– बंगलादेशमा आयोजना हुने एसिससी यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा भउको छ। आगामी १३ असोजदेखि सुरु हुने प्रतियोगिताका लागि आसिफ शेखको कप्तानमा १५ सदस्यीय टिम घोषणा गरिएको छ।
_x000D_
_x000D_
नेपाली टिमको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने मनोज कटुवाल सहायक प्रशिक्षक छन्। यस्तै शक्ति गौचन व्यवस्थापक रहेका छन्। विक्रम न्यौपाने फिजियो छन्।
_x000D_
_x000D_
नेपाली टिम
_x000D_
आसिफ शेख (कप्तान), कमलसिंह ऐरी, रोहितकुमार पौडेल, रवि साह, नन्दन यादव, रित गौतम, पवन सराफ, रविन्द्रजंग शाही, रसिद खान, भीम सार्की, तृत्रराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी, सूर्य तामाङ
_x000D_
_x000D_
यू-१९ एसिया कपमा नेपाल समूह ए मा छ। नेपालले पहिलो खेलभारतसँग खेल्नेछ। यो समूहमा नेपालसहित भारतसँगै अफगानिस्तान र युएई छन्। समूह बी मा आयोजक बंगलादेश, श्रीलंका, पाकिस्तान र हङकङ छन्। नेपाली टिम आगामी असोज ११ गते बंगलादेश जाने कार्यक्रम छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।