• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

६४ वर्षअघि यसरी सुरु भएको थियो सहिद स्मारक 'ए' डिभिजन लिग

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०८:१६
1140x725

२०१० सालमा रक्षा दलले तेस्रो पल्ट रामजानकी कप जितेपछि सिंहदरबारस्थित रक्षा बाहिनीमा आकस्मिक बैठक बस्यो। बैठकको विषय थियो– नेपालमा लिग फुटबलको संरचनालाई जीवित राख्न के गर्ने? रक्षा दलले २००८ सालदेखि आधिकारिक रूपमा सुरु भएको लिगको तीनै संस्करण जित्दै रामजानकी कप पच पारेको थियो।

_x000D_ _x000D_

त्यसैले बैठक निकै लम्बियो। रक्षा बाहिनीका आइजी थिए, ज्ञानबहादुर याकथुम्बा। नर शमशेर राणाको लगभग तीन वर्षको कार्यकाल सकिएपछि भर्खरै आइजी नियुक्त भएका याकथुम्बाकै नेतृत्वमा सिंहदरबारभित्र बैठक भइरहेको थियो। बैठकमा रक्षा बाहिनीका खेलाडीले प्रस्ताव राखेछन्, रामजानकी कपलाई किन सहिद नामकरण नगर्ने। वास्तवमा रक्षा बाहिनीका सबै खेलाडीले २००७ सालको स्वतन्त्रता आन्दोलनमा सक्रिय भएर लडेका थिए। त्यसैले उनीहरू राणाविरोधी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा लिगको नाम राख्न चाहन्थे। यो प्रस्ताव याकथुम्बालाई खुब मन परेछ। उनी तुरुन्त राजी भए।

_x000D_ _x000D_

बैठकले निर्णय गर्यो, नेपालमा लिग फुटबलको अवधारणा मर्न नदिन रक्षा दलले रामजानकी कपको स्थानमा तत्कालीन नेपाल फुटबल संघलाई सहिदहरूको नाममा एउटा ट्रफी निर्माण गरेर हस्तान्तरण गर्ने। र, त्यो ट्रफीको नाम सहिद स्मारक लिग राख्ने। बैठकमा सर्वसम्मत निर्णय त भयो, तर ट्रफी निर्माणका लागि आवश्यक पैसा कहाँबाट जुटाउने?

_x000D_ _x000D_

त्यतिबेला रक्षा बाहिनीसँग खेलकुद गतिविधिका लागि खर्च गर्न छुट्टै रकम थिएन। २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि लडेको कांग्रेसको मुक्ति सेना समावेश गरेर रक्षा दल गठन गरिएको थियो। त्यसैले त्यही बैठकबाट अर्को प्रस्ताव पनि पास भयो, सहिदको नाममा बनाइने सिल्डका लागि आवश्यक रकम रक्षा दलमै कार्यरत सुरक्षाकर्मीबाट उठाउने।

_x000D_ _x000D_

फुटबलको यो अभियानलाई सबै सुरक्षाकर्मीले साथ दिए। चन्दाका रूपमा १–२ रुपैयाँ उठाउने काम तीव्र बनाइयो। रक्षा दलले १४ हजार रुपैयाँमा नेपालमै सिल्ड बनायो। र, आइजी याकथुम्बाले २०११ सालमा यो सिल्डलाई ‘सहिद स्मारक लिग’ नामकरण गर्दै नेपाल फुटबल संघलाई उपहार दिए। जुन लिग नेपाली फुटबलको सबैभन्दा महत्वपूर्ण र पुरानो हो।

_x000D_ _x000D_

_x000D_ _x000D_

६२ वर्षअघिको यो घटनाका साक्षी हुन्, सांगे छिरिङ लेप्चा। जो नेपाल पुलिस फोर्समा सुधीर लामा र नेपाली फुटबलमा ‘मामा’ नामले चिनिन्छन्। दार्जीलिङको सिङ्माडीमा जन्मेका लामा २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनाबाट जनकपुरमा लडेका थिए। 

_x000D_ _x000D_

उनी किशोरावस्थामै ‘३१ बंगाल डिफेन्स बटालियन’ मा भर्ना भए। तर, २००७ सालअघि भारतको कोलकातामा उनी आबद्ध बटालियन टुक्रियो। उनी दोधारमा परे, अवकासबाट प्राप्त पैसा बोकेर दार्जीलिङ फर्किने या कोलकातामै बस्ने। तर, उनको हिमचिम नेपालमा राणाविरोधी आन्दोलनमा होमिएका नेपालीसँग भइसकेको थियो। यसैको प्रभावले उनी पटनामा रहेका कांग्रेस नेता सुवर्ण शमशेरको सम्पर्कमा पुगे। सुवर्ण शमशेर नेपालमा सशस्त्र युद्धको तयारीका लागि पटना बसेर अवकासप्राप्त आर्मी भर्ना गर्ने अभियानमा थिए। सुवर्णकै निर्देशनपछि लामा पहिलो पल्ट २००७ सालमा कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरीको कमान्डमा जनकपुरमा लड्न गएका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

आन्दोलनको सफलतासँगै उनी पनि मुक्ति सेनाबाट रक्षा दलमा समावेश भए। रक्षा दलमै भर्ना हुँदा उनको नाम सांगे छिरिङ लेप्चाबाट सुधीर लामा भएको थियो। उनको नाम परिवर्तन हुनुमा पनि रमाइलो घटना जोडिएको छ। उनको नाम उच्चारण गर्न मुक्ति सेनाका थुप्रै जवानलाई हम्मे पर्ने रहेछ। त्यसैले रक्षा दलमा भर्ना हुनुअघि ब्रिगेडियर मेजर हर्कबहादुर थापाले उनलाई बोलाएर भनेछन्, ‘तिमीलाई यहाँ (नेपालमा) सांगे छिरिङ लेप्चा भनेर चिनाउन गाह्रो पर्छ। त्यसैले अब तिम्रो नाम सुधीर लामा।’ 

_x000D_ _x000D_

ब्रिगेडियर मेजर हर्कबहादुरले मुक्ति सेनाबाट लडेका अर्का सिपाही शिला छिरिङ लेप्चाको पनि न्वारन गरिदिएका थिए, सतिश लामा। 

_x000D_ _x000D_

सुधीर लामा दार्जीलिङमै हुँदा फुटबल खेल्थे। ‘३१ बंगाल डिफेन्स बटालियनमा’ भर्ना भएपछि उनको खेल झनै माझिएको थियो। कोलकाता बसाइक्रममा लामाले सर्भिसेसबाट फुटबल मात्र खेलेनन्, हकी, बास्केटबल र क्रिकेटमा पनि निपूण भए।

_x000D_ _x000D_

२००७ सालको परिवर्तनपछि तत्कालीन नेपाल फुटबल संघले अर्को वर्ष नै पहिलो आधिकारिक लिग आयोजना गर्ने निर्णय गरेको थियो। त्यतिबेला संघको अध्यक्ष थिए, नर शमशेर। उनले २००४ सालमा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले प्रदान गरेको रामजानकी कपलाई ब्युँताउँदै यसैको नाममा पहिलो लिग फुटबल गराउने घोषणा गरेका थिए। रक्षा बाहिनीको आइजी पनि नर शमशेर नै थिए। रक्षा दलमा भारतीय बटालियनमा काम गर्दा फुटबल खेलेका अनुभवी थुप्रै थिए। त्यसैले तत्कालीन आइजी नर शमशेरले रक्षा बाहिनीले रक्षा दलको नाममा फुटबल टोली घोषणा गर्नुअघि जिल्लामा छरिएका सबै खेलाडीलाई छनोटका लागि काठमाडौं झिकाएका थिए।

_x000D_ _x000D_

त्यतिबेला अहिलेजस्तै प्रशिक्षक नियुक्त गर्ने चलन थिएन। टोली बनाउन नर शमशेर आफैं कस्सिएर लागेका थिए। रक्षा दलको कप्तानको भूमिका लेफ्ट हाफ ब्याक नकुल शमशेरलाई सुम्पिएको थियो। उनी र नर शमशेर मिलेर खेलाडी छनोट गरेका थिए। नकुलले खेलाडीलाई नियमित अभ्यास गराउँथे। कहिले नर शमशेर आफैं अभ्यास सत्रमा समावेश हुन्थे।

_x000D_ _x000D_

रक्षा दलका खेलाडी दैनिक दुई समय अभ्यास गर्थे, बिहान ६ देखि ८ सम्म र बेलुका ४ देखि अँध्यारो नहुन्जेल। बिहानै सिंहदरबारको ८–९ गोल चक्कर लगाएपछि अभ्यासका लागि ठ्याक्क ६ बजे मैदान पुगिसक्नुपथ्र्यो । कुन खेलाडी, कुन पोजिसनबाट खेल्ने त्यसको निर्णय कप्तानले नै गर्थे।

_x000D_ _x000D_

२००८ सालमा सिंहदरबारमा पहिलो पल्ट लिग फुटबल हुँदा रक्षा दलसँगै नेपाल आर्मी, एनआरटी, ठमेल, डिल्लीबजार (महावीर), आजाद टिम, विद्या व्यायाम संघलगायत क्लब समावेश थिए।

_x000D_ _x000D_

पहिलो लिगमा रक्षा दलबाट गोलरक्षकका रूपमा पृथ्वीलाल सुब्बा, राइट ब्याकमा धैर्य चन्द्र, लेफ्ट ब्याकमा शिला छिरिङ लेप्चा (सतिश लामा), राइट लेफ्ट ब्याकमा सूर्यबहादुर राई, सेन्टर हाफमा रणधीर थापा, लेफ्ट हाफ ब्याकमा नकुल शमशेर, राइट आउटमा इन्दुकुमार थापा, राइट इनमा जीवन देवान, सेन्टरमा दिलीप सिंह आले, लेफ्ट इनमा सिवी चाम्लिङ, लेफ्ट आउटमा सांगे छिरिङ लेप्चा (सुधीर लामा) थिए।

_x000D_ _x000D_

यिनै खेलाडीको सहभागितामा रक्षा दलले २००८, २००९ र २०१० मा रामजानकी लिग जित्दै कप पच पारेको थियो। यही टोलीले २००९ र २०१० सालमा नकआउट प्रतियोगिताका रूपमा रहेको त्रिभुवन च्यालेन्ज सिल्ड पनि जितेको थियो।

_x000D_ _x000D_

रक्षा दलले जितेको नेपालको पहिलो लिग हेर्न सिंहदरबारभित्र दर्शकको घुइँचो लागेको थियो। अन्य क्लबभन्दा उत्कृष्ट खेल्ने यो क्लबको खेल हेर्न ब्ल्याकमा टिकट बिक्री हुन्थ्यो। रक्षा दलले प्रायः सबै टोलीलाई ३–४ गोल अन्तरले हरायो। आजाद टोलीलाई भने १४ गोल हान्यो।

_x000D_ _x000D_

लामाले लेफ्टबाट बल दौडाउँदै विपक्षी एरियामा पुर्‍याएर दह्रो क्रस गर्थें। त्यो क्रसमा प्रायः दिलीप सिंह र जीवन देवानले गोल गर्थे। नेपाल आर्मीसँग भएको अन्तिम खेल हेर्न तत्कालीन राजा त्रिभुवन, युवराज महेन्द्र, बसुन्धरा र हिमालयन पनि सिंहदरबार पुगेका थिए। प्रजातन्त्रका लागि लडेको भन्दै सबैले रक्षा दलको पक्षमा समर्थन जनाएका थिए।

_x000D_ _x000D_

नेपाली फुटबलमा उनी मामाको नामले चिनिनुका पछाडि पनि कथा छ। रक्षा दलकै अर्का खेलाडी दिलीप सिंह नेपाल प्रहरीका पूर्व आइजी रोमबहादुर थापाको मामा पर्थे। सेन्टर फर्वार्डबाट खेल्ने दिलीप सिंहको खुट्टामा बल पुगेपछि रोमबहादुर बाहिरबाट खुब चिच्याउँथे, ‘कमन...मामा...मामा।’

_x000D_ _x000D_

तर, दिलीप सिंहको बानी थियो, खुट्टामा धेरै बल नराख्ने। उनी ‘वान टच’मै सुधीर लामालाई बल दिएर विपक्षी गोल पोस्टतर्फ दौडिहाल्थे। रोमबहादुरले बाहिरबाट मामा भनेर चिच्याउँदा प्रायः बल लामाको खुट्टामा हुन्थ्यो। त्यसैले बाहिरी दर्शकलाई लागेछ, लामा नै रोमबहादुरका मामा हुन्। त्यसपछि सबैले लामालाई मामा भनेर चिन्न थाले।

_x000D_ _x000D_

रक्षा दल २०१२ सालमा नेपाल पुलिस फोर्समा रूपान्तरण भए पनि सुधीर लामाले लामो समय फुटबल खेले। २०१३ सालमा नेपाल पुलिस फोर्सले त्रिभुवन च्यालेन्ज सिल्ड तेस्रो पल्ट जित्दा उनी टोलीका सदस्य थिए। उनले २०१६ सालसम्म पुलिसबाट फुटबल खेले। उनले २०४३ सालमा नेपाल प्रहरीको एसपी पदबाट अवकास पाए। उनका जेठा छोरा वाङ्देन लामा स्विमिङमा पहिलो साफको कास्य विजेता खेलाडी हुन्। 

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश सभामा थुनिएका सांसद दुई घण्टापछि बाहिरिए, पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश सभामा थुनिएका सांसद दुई घण्टापछि बाहिरिए, पाँच सांसदलाई सभामुखले गरे पदमुक्त बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्