• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

६४ वर्षअघि यसरी सुरु भएको थियो सहिद स्मारक 'ए' डिभिजन लिग

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०८:१६
1140x725

२०१० सालमा रक्षा दलले तेस्रो पल्ट रामजानकी कप जितेपछि सिंहदरबारस्थित रक्षा बाहिनीमा आकस्मिक बैठक बस्यो। बैठकको विषय थियो– नेपालमा लिग फुटबलको संरचनालाई जीवित राख्न के गर्ने? रक्षा दलले २००८ सालदेखि आधिकारिक रूपमा सुरु भएको लिगको तीनै संस्करण जित्दै रामजानकी कप पच पारेको थियो।

_x000D_ _x000D_

त्यसैले बैठक निकै लम्बियो। रक्षा बाहिनीका आइजी थिए, ज्ञानबहादुर याकथुम्बा। नर शमशेर राणाको लगभग तीन वर्षको कार्यकाल सकिएपछि भर्खरै आइजी नियुक्त भएका याकथुम्बाकै नेतृत्वमा सिंहदरबारभित्र बैठक भइरहेको थियो। बैठकमा रक्षा बाहिनीका खेलाडीले प्रस्ताव राखेछन्, रामजानकी कपलाई किन सहिद नामकरण नगर्ने। वास्तवमा रक्षा बाहिनीका सबै खेलाडीले २००७ सालको स्वतन्त्रता आन्दोलनमा सक्रिय भएर लडेका थिए। त्यसैले उनीहरू राणाविरोधी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा लिगको नाम राख्न चाहन्थे। यो प्रस्ताव याकथुम्बालाई खुब मन परेछ। उनी तुरुन्त राजी भए।

_x000D_ _x000D_

बैठकले निर्णय गर्यो, नेपालमा लिग फुटबलको अवधारणा मर्न नदिन रक्षा दलले रामजानकी कपको स्थानमा तत्कालीन नेपाल फुटबल संघलाई सहिदहरूको नाममा एउटा ट्रफी निर्माण गरेर हस्तान्तरण गर्ने। र, त्यो ट्रफीको नाम सहिद स्मारक लिग राख्ने। बैठकमा सर्वसम्मत निर्णय त भयो, तर ट्रफी निर्माणका लागि आवश्यक पैसा कहाँबाट जुटाउने?

_x000D_ _x000D_

त्यतिबेला रक्षा बाहिनीसँग खेलकुद गतिविधिका लागि खर्च गर्न छुट्टै रकम थिएन। २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि लडेको कांग्रेसको मुक्ति सेना समावेश गरेर रक्षा दल गठन गरिएको थियो। त्यसैले त्यही बैठकबाट अर्को प्रस्ताव पनि पास भयो, सहिदको नाममा बनाइने सिल्डका लागि आवश्यक रकम रक्षा दलमै कार्यरत सुरक्षाकर्मीबाट उठाउने।

_x000D_ _x000D_

फुटबलको यो अभियानलाई सबै सुरक्षाकर्मीले साथ दिए। चन्दाका रूपमा १–२ रुपैयाँ उठाउने काम तीव्र बनाइयो। रक्षा दलले १४ हजार रुपैयाँमा नेपालमै सिल्ड बनायो। र, आइजी याकथुम्बाले २०११ सालमा यो सिल्डलाई ‘सहिद स्मारक लिग’ नामकरण गर्दै नेपाल फुटबल संघलाई उपहार दिए। जुन लिग नेपाली फुटबलको सबैभन्दा महत्वपूर्ण र पुरानो हो।

_x000D_ _x000D_

_x000D_ _x000D_

६२ वर्षअघिको यो घटनाका साक्षी हुन्, सांगे छिरिङ लेप्चा। जो नेपाल पुलिस फोर्समा सुधीर लामा र नेपाली फुटबलमा ‘मामा’ नामले चिनिन्छन्। दार्जीलिङको सिङ्माडीमा जन्मेका लामा २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनाबाट जनकपुरमा लडेका थिए। 

_x000D_ _x000D_

उनी किशोरावस्थामै ‘३१ बंगाल डिफेन्स बटालियन’ मा भर्ना भए। तर, २००७ सालअघि भारतको कोलकातामा उनी आबद्ध बटालियन टुक्रियो। उनी दोधारमा परे, अवकासबाट प्राप्त पैसा बोकेर दार्जीलिङ फर्किने या कोलकातामै बस्ने। तर, उनको हिमचिम नेपालमा राणाविरोधी आन्दोलनमा होमिएका नेपालीसँग भइसकेको थियो। यसैको प्रभावले उनी पटनामा रहेका कांग्रेस नेता सुवर्ण शमशेरको सम्पर्कमा पुगे। सुवर्ण शमशेर नेपालमा सशस्त्र युद्धको तयारीका लागि पटना बसेर अवकासप्राप्त आर्मी भर्ना गर्ने अभियानमा थिए। सुवर्णकै निर्देशनपछि लामा पहिलो पल्ट २००७ सालमा कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरीको कमान्डमा जनकपुरमा लड्न गएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आन्दोलनको सफलतासँगै उनी पनि मुक्ति सेनाबाट रक्षा दलमा समावेश भए। रक्षा दलमै भर्ना हुँदा उनको नाम सांगे छिरिङ लेप्चाबाट सुधीर लामा भएको थियो। उनको नाम परिवर्तन हुनुमा पनि रमाइलो घटना जोडिएको छ। उनको नाम उच्चारण गर्न मुक्ति सेनाका थुप्रै जवानलाई हम्मे पर्ने रहेछ। त्यसैले रक्षा दलमा भर्ना हुनुअघि ब्रिगेडियर मेजर हर्कबहादुर थापाले उनलाई बोलाएर भनेछन्, ‘तिमीलाई यहाँ (नेपालमा) सांगे छिरिङ लेप्चा भनेर चिनाउन गाह्रो पर्छ। त्यसैले अब तिम्रो नाम सुधीर लामा।’ 

_x000D_ _x000D_

ब्रिगेडियर मेजर हर्कबहादुरले मुक्ति सेनाबाट लडेका अर्का सिपाही शिला छिरिङ लेप्चाको पनि न्वारन गरिदिएका थिए, सतिश लामा। 

_x000D_ _x000D_

सुधीर लामा दार्जीलिङमै हुँदा फुटबल खेल्थे। ‘३१ बंगाल डिफेन्स बटालियनमा’ भर्ना भएपछि उनको खेल झनै माझिएको थियो। कोलकाता बसाइक्रममा लामाले सर्भिसेसबाट फुटबल मात्र खेलेनन्, हकी, बास्केटबल र क्रिकेटमा पनि निपूण भए।

_x000D_ _x000D_

२००७ सालको परिवर्तनपछि तत्कालीन नेपाल फुटबल संघले अर्को वर्ष नै पहिलो आधिकारिक लिग आयोजना गर्ने निर्णय गरेको थियो। त्यतिबेला संघको अध्यक्ष थिए, नर शमशेर। उनले २००४ सालमा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले प्रदान गरेको रामजानकी कपलाई ब्युँताउँदै यसैको नाममा पहिलो लिग फुटबल गराउने घोषणा गरेका थिए। रक्षा बाहिनीको आइजी पनि नर शमशेर नै थिए। रक्षा दलमा भारतीय बटालियनमा काम गर्दा फुटबल खेलेका अनुभवी थुप्रै थिए। त्यसैले तत्कालीन आइजी नर शमशेरले रक्षा बाहिनीले रक्षा दलको नाममा फुटबल टोली घोषणा गर्नुअघि जिल्लामा छरिएका सबै खेलाडीलाई छनोटका लागि काठमाडौं झिकाएका थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यतिबेला अहिलेजस्तै प्रशिक्षक नियुक्त गर्ने चलन थिएन। टोली बनाउन नर शमशेर आफैं कस्सिएर लागेका थिए। रक्षा दलको कप्तानको भूमिका लेफ्ट हाफ ब्याक नकुल शमशेरलाई सुम्पिएको थियो। उनी र नर शमशेर मिलेर खेलाडी छनोट गरेका थिए। नकुलले खेलाडीलाई नियमित अभ्यास गराउँथे। कहिले नर शमशेर आफैं अभ्यास सत्रमा समावेश हुन्थे।

_x000D_ _x000D_

रक्षा दलका खेलाडी दैनिक दुई समय अभ्यास गर्थे, बिहान ६ देखि ८ सम्म र बेलुका ४ देखि अँध्यारो नहुन्जेल। बिहानै सिंहदरबारको ८–९ गोल चक्कर लगाएपछि अभ्यासका लागि ठ्याक्क ६ बजे मैदान पुगिसक्नुपथ्र्यो । कुन खेलाडी, कुन पोजिसनबाट खेल्ने त्यसको निर्णय कप्तानले नै गर्थे।

_x000D_ _x000D_

२००८ सालमा सिंहदरबारमा पहिलो पल्ट लिग फुटबल हुँदा रक्षा दलसँगै नेपाल आर्मी, एनआरटी, ठमेल, डिल्लीबजार (महावीर), आजाद टिम, विद्या व्यायाम संघलगायत क्लब समावेश थिए।

_x000D_ _x000D_

पहिलो लिगमा रक्षा दलबाट गोलरक्षकका रूपमा पृथ्वीलाल सुब्बा, राइट ब्याकमा धैर्य चन्द्र, लेफ्ट ब्याकमा शिला छिरिङ लेप्चा (सतिश लामा), राइट लेफ्ट ब्याकमा सूर्यबहादुर राई, सेन्टर हाफमा रणधीर थापा, लेफ्ट हाफ ब्याकमा नकुल शमशेर, राइट आउटमा इन्दुकुमार थापा, राइट इनमा जीवन देवान, सेन्टरमा दिलीप सिंह आले, लेफ्ट इनमा सिवी चाम्लिङ, लेफ्ट आउटमा सांगे छिरिङ लेप्चा (सुधीर लामा) थिए।

_x000D_ _x000D_

यिनै खेलाडीको सहभागितामा रक्षा दलले २००८, २००९ र २०१० मा रामजानकी लिग जित्दै कप पच पारेको थियो। यही टोलीले २००९ र २०१० सालमा नकआउट प्रतियोगिताका रूपमा रहेको त्रिभुवन च्यालेन्ज सिल्ड पनि जितेको थियो।

_x000D_ _x000D_

रक्षा दलले जितेको नेपालको पहिलो लिग हेर्न सिंहदरबारभित्र दर्शकको घुइँचो लागेको थियो। अन्य क्लबभन्दा उत्कृष्ट खेल्ने यो क्लबको खेल हेर्न ब्ल्याकमा टिकट बिक्री हुन्थ्यो। रक्षा दलले प्रायः सबै टोलीलाई ३–४ गोल अन्तरले हरायो। आजाद टोलीलाई भने १४ गोल हान्यो।

_x000D_ _x000D_

लामाले लेफ्टबाट बल दौडाउँदै विपक्षी एरियामा पुर्‍याएर दह्रो क्रस गर्थें। त्यो क्रसमा प्रायः दिलीप सिंह र जीवन देवानले गोल गर्थे। नेपाल आर्मीसँग भएको अन्तिम खेल हेर्न तत्कालीन राजा त्रिभुवन, युवराज महेन्द्र, बसुन्धरा र हिमालयन पनि सिंहदरबार पुगेका थिए। प्रजातन्त्रका लागि लडेको भन्दै सबैले रक्षा दलको पक्षमा समर्थन जनाएका थिए।

_x000D_ _x000D_

नेपाली फुटबलमा उनी मामाको नामले चिनिनुका पछाडि पनि कथा छ। रक्षा दलकै अर्का खेलाडी दिलीप सिंह नेपाल प्रहरीका पूर्व आइजी रोमबहादुर थापाको मामा पर्थे। सेन्टर फर्वार्डबाट खेल्ने दिलीप सिंहको खुट्टामा बल पुगेपछि रोमबहादुर बाहिरबाट खुब चिच्याउँथे, ‘कमन...मामा...मामा।’

_x000D_ _x000D_

तर, दिलीप सिंहको बानी थियो, खुट्टामा धेरै बल नराख्ने। उनी ‘वान टच’मै सुधीर लामालाई बल दिएर विपक्षी गोल पोस्टतर्फ दौडिहाल्थे। रोमबहादुरले बाहिरबाट मामा भनेर चिच्याउँदा प्रायः बल लामाको खुट्टामा हुन्थ्यो। त्यसैले बाहिरी दर्शकलाई लागेछ, लामा नै रोमबहादुरका मामा हुन्। त्यसपछि सबैले लामालाई मामा भनेर चिन्न थाले।

_x000D_ _x000D_

रक्षा दल २०१२ सालमा नेपाल पुलिस फोर्समा रूपान्तरण भए पनि सुधीर लामाले लामो समय फुटबल खेले। २०१३ सालमा नेपाल पुलिस फोर्सले त्रिभुवन च्यालेन्ज सिल्ड तेस्रो पल्ट जित्दा उनी टोलीका सदस्य थिए। उनले २०१६ सालसम्म पुलिसबाट फुटबल खेले। उनले २०४३ सालमा नेपाल प्रहरीको एसपी पदबाट अवकास पाए। उनका जेठा छोरा वाङ्देन लामा स्विमिङमा पहिलो साफको कास्य विजेता खेलाडी हुन्। 

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्