काठमाडौं– नवलपुरको कावासोतीमा एक युवतीमाथि एसिड आक्रमण भएको छ। सोमबार राति कावासोती नगरपालिका–१६ हरिबासकी ३० वर्षीया बसन्ती परियारमाथि एसिड आक्रमण भएको हो। उनलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड आक्रमण गरेको पूर्वी नवलपरासीका एसपी रमेश थापाले जानकारी दिए।
_x000D_
_x000D_
एसिड आक्रमणबाट महिलाको शरीरको २५ प्रतिशत भाग जलेको उनले बताए। एसिड प्रहार गर्नका साथै बसन्तीमाथि चक्कु प्रहार पनि भएको छ। चक्कु प्रहारबाट उनको छाती र पेटमा गम्भीर चोट लागेको एसपी थापाले जानकारी दिए। उनको चितवनको भरतपुर मेडिकल कलेज उपचार भइरहेको छ।
_x000D_
_x000D_
बसन्तीको श्रीमान् विदेश बस्छन्। यी दुवै विवाहित हुन्। यही क्रममा उनीहरुबीच प्रेम रहेको बुझिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
विमलले विवाह गर्न प्रस्ताव गरेपछि बसन्तीले अस्विकार गर्दा एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
घटनापछि अहिले बसन्तीका श्रीमान् स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।