काठमाडौँ- नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार छापावाला सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।