काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैली असफल बनाउन पार्टीका नेता, कार्यकर्ता निर्देशन दिएका छन्।
_x000D_
_x000D_
पार्टीको विधान संशोधन मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।
_x000D_
_x000D_
सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढ्न समेत अाह्वान गरे।
_x000D_
_x000D_
राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरुले विगतका कुरामा अलमलिएर बस्न नहुने पनि उनले स्पष्ट पारे। सभापति देउवाले उत्कृष्ट संविधान बनाउने नेतृत्व लिएको कांग्रेसले पार्टीको विधान पनि उतिकै उत्कृष्ट बनाउनुपर्ने अावश्यकता रहेकाे उल्लेख गरे। संविधानलाई आधार बनाएर पार्टी बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराएका थिए।
_x000D_
_x000D_
पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारबाट सुझाव संकलनको काम सुरु गरिएको हो। विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको छ।
_x000D_
_x000D_
प्रदेशमा हुने छलफलबाट अाएका विषय समावेश गरी विधान मस्याैदालाई अन्तिम रुप दिइने समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई मंसिरमा आयोजना हुने महासमिति बैठकले अनुमोदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।