• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै प्रशोधित पिउने पानीका मुद्दा

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०८१  १६:०६
1140x725

काठमाडौं– बजारमा अखाद्य वस्तु विक्री गर्नेको विगविगि छ। २०८०/८१ मामात्रै अखाद्य वस्तु बिक्री गर्नेविरुद्ध १७८ मुद्दा जिल्ला अदालतमा दायर भएका छन्। 

जसमध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीको मुद्दा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। धेरैजसो प्रशोधित पानी न्यून गुणस्तरको भेटिने, जसमा कोलिफर्मजस्ता जिवाणु भेटिने गरेको उनको भनाइ छ।

‘खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमूनाहरुको विश्लेषण प्रतिवेदन अनुसार प्रतिकूल पाइएको खाद्य तथा दाना पदार्थहरु उत्पादन तथा विक्रीवितरण गर्ने व्यवसायीहरुलाई आर्थिक वर्ष २०८०/८१ मा १७८ वटा मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो,’ उनले भने, ‘दायर गरिएका १७८ मुद्दाहरु मध्ये प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न तथा दलहनका २९ वटा रहेका छन्।

यस्तै गुलियो पदार्थ कन्फेक्सनरीका २२ वटा तेल तथा घ्यूजन्य पदार्थ १८ वटा, दूध तथा दुग्ध पदार्थका १६ वटा मसलाका ९ बटा, फल तथा सागपातजन्य पदार्थ ३ वटा, चिया कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ वटा रहेको छ। जसमध्ये ६१ वटा मुद्दा दुषित, ५९ बटा मुद्दा न्यून गुणस्तरका ३५ वटा मुद्दा लेवल सम्बन्धिका, ८२३ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धि रहेको छ।

सो अवधिमा उद्योग अनुज्ञापत्र जारी ९३३ वटा उद्योग नविकरण २,४३० वटा र उद्योग स्थापनार्थ दर्ताको सिफारिस १ हजार ४१७ वटा गरि जम्मा ४ हजार७८० वटा उद्योगलाई सिफारिस गरेको छ।

दलहन र सागपातजन्य वस्तुका नमूना बढी अखाद्य भेटिए 
आर्थिक वर्ष २०८०/८१ मा विभागले ३ हजार ६६३ पटक खाद्य तथा दाना बजार अनुगमन गरेको छ। यस्तै ३ हजार २७७ पटक खाद्य तथा दाना उद्योग अनुगमन गरेको छ। २ हजार ५८५ पटक होटल रेष्टुरेन्ट अनुगमन गरेको छ। यस्तै रपिड  रेस्पोन्स अनुगमन ५४३ पटक हाटबजार ११६, १ हजार १९ पटक संवेदनशिल खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन गरी कूल ११ हजार २०३ पटक अनुगमन गरेको छ।

यस अवधिमा निरीक्षण अनुमनका क्रममा खाद्य तथा दाना सैन नियमानुसार जम्मा ३ हजार १२५ नमुनाहरु संकलन भएको विभागले जनाएको छ। जसमध्ये ऐन बमोजिम संकलित नमुनाहरुमध्ये दलहनका ८८७ वटा फल तथा सागपातजन्य पदार्थ ३५९ नमूना प्रतिकूल पाइएको छ। यस्ता प्रतिकूल नमूनाहरु अखाद्य मानिन्छ।

यस्तै तेल तथा घ्यूजन्य पदार्थ ३२६ वटा, मसलाका २९४ बटा गुलियो पदार्थ/कन्फेक्सनरीका १६४ वटा चिया कफीका १५५ बटा, प्रशोधित पिउने पानीका ११४ बटा. दुध तथा दुग्ध पदार्थका ७९ वटा, नुनका ४० वटा, मासु तथा मासुजन्य पदार्थ ३ वटा अन्य खाघ पदार्थका १२९ बटा र दाना पदार्थका १०९ वटा गरी २.६५९ वटा नमुनाहरूको विश्लेषण परिक्षण गर्दा खाद्यान्न/दलहनका ३२ वटा, फल तथा सागपात जन्य पदार्थ १२ बटा, तेल तथा घ्यूजन्य पदार्थ १५ बटा, मसलाका ५ बटा, गुलियो पदार्थ/कन्फेक्सनरीका ९ वटा, चिया कफीका ९ बटा, प्रशोधित पिउने पानीका १० वटा, दुध तथा दुग्ध पदार्थका ७ वटा र अन्य खाद्य पदार्थका १० बटा गरी जम्मा १०९ वटा (४.१०४) नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

म्याद गुज्रिएका, लेबल नभएका खाद्य पदार्थ जफत तथा नष्ट
यस आर्थिक वर्ष २०८०/८१ मा विभाग तथा मातहत कार्यालयहरुवाट बजार, उधोग, होटल रेष्टुरेन्ट/मिठाई पसल, फलफूल बजार हाट बजार एवं गुनासो उजुरी सम्बोधनका लागि रेपिड रेस्पोन्स मोडालिटिबाट अनुगमन गरीएकोमा म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन/नियम निर्देशिका बमोजिम नपाईएका करिव १ करोड १ लाख ६४ हजार ६ सय रुपैया बराबरको मसला, खाद्यात्र, विगर, दालमोठ, चिप्स, मिट मसाला चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेल लगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको 

रङ दलेको दाल भेटियो
यस अवधिमा बजार अनुगमनको क्रममा दालमा बाह्य रङ दलेको भेटिएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेले भन्सार कार्यालयबाट वैठारीका लागि प्राप्त दालहरुका ६ वटा नमुनाहरु जाँच विश्लेषण गर्दा बाह्य रंग पाईएकोले ३०.३१० केजी दाल आयात अस्वीकृत गरेको। 

विभागमा प्राप्त २२ बटा दालहरुको नमूनाहरु जाँच परिक्षण गर्दा २ वटा रहरको दालमा कोलटार रंग प्रयोग गरेको त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीबाट २१ वटा दालका नमूनाहरु जाँच परिक्षण गर्दा ३ वटा मासको दालमा बाहा रंगको प्रयोग गरेको पाईएकोले कारवाहीको प्रकृयामा रहेको जनाएको छ।

अखाद्य कटन क्यान्डि बिक्री गर्नेलाई कारबाही
बालवालिकालाई लक्षित गरी खुला रुपमा विभिन्न रंगको प्रयोग गरी बिक्रीवितरण हुने कटन क्याण्डीमा प्रयोग भएको रंग विभागले विश्लेषण परिक्षण गर्दा कार्सिनोजेनिक रोडमिन बी नामक  अखाद्य रङ प्रयोग भएको पाइएकोले विभाग तथा मातहतका कार्यालयहरुबाट तत्काल सूचना जारी गरी आम उपभोक्तामा सुसूचित गराएको तत्कालै नियमन तथा कारबाही गरिएको। सो सूचनालाई संबोधन हुने गरी विभिन्न स्थानीय तहबाट समेत अनुगमन कार्य गरेको जनाएको छ।

Xtrem

Xtrem

खाद्य तथा पेय पदार्थका ४७ हजार परीक्षण गर्दा ४५ वटा प्रतिकूल भेटियो
यस वार्षिक अवधिमा विभाग अन्तर्गत १२ वटा विभिन्न भन्सार विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुबाट खाद्य तथा पेय पदार्थका ४६ हजार ९४८ वटा नमूनाहरुको जाँच विश्लेषण गरी नियमन गरिएकोमा ४५ वटा नमूनाहरु प्रतिकूल पाइएको  छ। त्यसैगरी नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका ६३ हजार ३५७ वटा नमुनाको आरबीपीआर विधिबाट जीवनाशक विषादी अवशेष परीक्षण गरिएकोमा ३७ वटा नमूनाहरु प्रतिकूल पाइएको छ। 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो दुई दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले वर्षा रोकिनसाथ वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्