काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज (सोमबार) स्वदेश फर्किंदै छन्। उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौं उत्रने बताइएको छ। उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीनको छेन्दु गएका थिए।
_x000D_
_x000D_
उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गरेका थिए। संबोधनको क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गरेका थिए।
_x000D_
_x000D_
भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गरेका थिए। उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताएका थिए। उनले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै चीनलाई लगानी तथा सहकार्यका लागि आग्रह गरेका थिए।
_x000D_
_x000D_
भेटघाटमा उपराष्ट्रपतिले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहोर्याएका थिए।
_x000D_
_x000D_
भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल–चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाईमा उठेको धारणा राखेका थिए। उनीहरुले नेपालको समृद्धिको यात्रामा चीनको सदैव साथ र सहयोग हुने बताएका थिए।
_x000D_
_x000D_
उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा शनिबार केही दिन पोखरासँग भगेनी सम्बन्धमा गाँसिएको यिपिन सहर र आइतबार लुुम्बिनीसँग भगेनी सम्बन्ध रहेको लसानको भ्रमण गरेका थिए। सो क्रममा उनले चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुसँग समेत अन्तरक्रिया गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।