फाइल तस्बिर
काठमाडौं– काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।