त्रिपोली– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटक–पटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
_x000D_
_x000D_
संयुक्त राष्ट्रसंघको पहलमा गत अगस्ट २६ मा युद्धविराम भएको थियो।
_x000D_
_x000D_
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘त्रिपोलीमा विभिन्न सशस्त्र समूहलाई समेटेर युद्धविराम गरिएको तर पछिल्ला केही हप्ता यता युद्धविराम भङ्गका घटना बढेकोप्रति राष्ट्रसंघ प्रमुख गुटेर्रेस चिन्तित हुनुहुन्छ।’
_x000D_
_x000D_
राष्ट्रसंघका विशेष प्रतिनिधि घसन सलामको पहलमा भएको युद्धविरामलाई युद्धरत पक्षद्वारा पूर्णरूपमा पालना गर्न र सर्वसाधारणलाई प्रभावित हुनबाट जोगाउन वक्तव्यमा भनिएको छ।
_x000D_
_x000D_
आइतबार लिबियाली एक मन्त्रीले गत शुक्रबार दुई शसस्त्र समूहबीच भएको भिडन्तमा १० जनाको मृत्यु भएको बताएपछि वक्तव्य जारी गरिएको हो। घटनामा सर्वसाधारणसहित ५९ जना घाइते भएका छन्।
_x000D_
_x000D_
राष्ट्रसङ्घले युद्धविराम भएको गत अगस्ट २६ पछि त्रिपोलीमा भएका युद्धविराम भङ्गका घटनामा कम्तीमा १ सय ६ जनाको मृत्यु भएको जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।