नैरोबी– तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय २४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
यातायातमन्त्री आइज्याक कामवेलेले डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय २४ पुगेको आइतबार जानकारी गराउँदै अब कोही जीवित पाइने आशा झिनो रहेको बताए।
_x000D_
_x000D_
उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेपछि आफन्तहरूलाई शव हस्तान्तरण गरिएको छ। तान्जानिया सरकारले आइतबार एक दिन शोकको घोषणा गरेको थियो। आइतबार पहिचान भएका १० मृतकलाई सामुद्रिक किनारामा सामूहिक रूपमा अन्तिम संस्कारपछि तान्जानियामा शोकको घोषणा भएको हो।
_x000D_
_x000D_
डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको बताइएको छ। यहाँको प्रशासनले डुङ्गा कम्पनीसँग आवद्ध केही जनालाई पक्राउ गर्न निर्देशन दिइसकेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।